दुर्घटनामा एकको मृत्यु, तीन घाइते
रुकुम , २२ भदौ । पश्चिम रुकुममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनाका साथै अन्य तीन घाइते भएका छन् । मुसीकोट नगरपालिका–४ सोलावाङबाट वडा नं १ गाराघाट जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका–१ गाराघाटकी २८ वर्षीया धनमाया देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृतक धनमायाकै छोरी १३ वर्षीया मुना, मुसीकोट नगरपालिका–१३ की २४ वर्षीया कमला केसी र बाँफिकोट–९ की १६ वर्षीया ललिता ओली घाइते भएका छन् । घाइते तीनैलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये मुना र ललिताको अवस्था गम्भीर भएको बताइएको छ ।ट्याक्टर न्यूटलमा राखेर चालक खोलामा गएका कारण दुर्घटना भएको थियो । बिहीबार बेलुका दुर्घटना भएको ट्याक्टर सडकभन्दा २० मिटर तल खसेको थियो । ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुङ्गानाले जानकारी दिए ।
September 7, 2018 12:24 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै