Sunday 21st December 2025

९५ हलमा एकसाथ प्रदीपको ‘रोज’ : आक्रमक सुरुवात !

7 years अगाडी

काठमाडौ । लोकप्रिय अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘रोज’ शुक्रबारबाट मुलुकका ९५ ओटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ । रोजी मुलुकका मल्टिप्लेक्सदेखि सिँगल थिएटरका सबैजसो हलमा यो सिनेमा लागेको हो ।काठमाडौंको गोपिकृष्ण, गुण, अष्ट, बिग लगायतका धेरैजसो सिनेमा हलमा बिहानदेखि नै हाउसफुल भएको छ । यसका वितरक गोबिन्द शाहीले दिउँसो ११ बजेको शो पनि धेरै ठाउँमा हाउसफुल भएको जानकारी गराएका छन् ।

अर्का वितरक मनोज राठीका अनुसार पोखरा, धरान, दमक, बिर्तामोड, इटहरी, बुटबललगायतका शहरका सिनेमाहलमा पनि सो हाउसफुल छ । फिल्मले शुक्रबार बिहानीको शोबाटै आक्रमक व्यापार गरेको वितरकले बताएका छन् । यो चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् । चलचित्र रोज लभ स्टोरी क्राईम जनरामा निर्माण भएको उनले बताए । सिनेमाले सबै प्रकारका दर्शकको मन जित्ने विश्वास आफुले लिएको निर्देशक पौडेलले जानकारी गराएका छन् । गोपिकृष्ण मूभिज र आरोही फिल्म्सले संयुक्त निर्माण गरेको रोजका शुक्रबार बिहान काठमाडौंका बिग मूभिजमा प्रिमियर शो गरियो ।

शोमा सञ्चारकर्मी तथा चलचित्रकर्मीले सिनमा सोचे भन्दा राम्रो बनेको प्रतिक्रिया दिए । बिहानै देखि यो चलचित्रका अभिनेता प्रदीप खड्का, अभिनेत्री पारमिता आरएल राणा, मिरुना मगरलगायत प्रेस शो तथा सिनेमा हल पुग्दा दर्शकबाट घेरिएका छन् ।यो चलचित्रमा अभिनेता प्रदीप, पारमिता, मिरुनालगायत कर्मा शाक्य, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहाललगायत छन् । अभिनेता प्रदीप खड्काले बिगतको भन्दा रोजमा फरक काम गरेको बताएका छन् । एउटा सामान्य व्यक्ति कसरी आफुले सबैभन्दा बढी चाहेको प्रेमिकाको हत्या गर्न विवस भयो भन्ने भूमिकामा दर्शकले आफुलाई यो फिल्ममा हेर्न पाउने पनि उनले बताए ।

अभिनेत्री मिरुनाले यो फिल्ममा आफु विकलको भूमिकामा भएको बताएकी छिन् । अर्की अभिनेत्री पारमिताले आफु मोडलको भूमिकामा भएको खुलाएकी छिन् । अग्रज चलचित्रकर्मी उद्धब पौडेलको प्रस्तुति रहेको रोजलाई मणिकरण केसी, आर्या पौडेल र आरोही केसीले निर्माण गरेको हुन् । रोजमा राजुबिक्रम थापाको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

          September 8, 2018 12:43 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...