Monday 30th March 2026

दाङको अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

8 years अगाडी

दाङ । दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको अधिकांश दरबन्दी खाली छन्। अस्पतालको २० वटा विशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये ११ वटा दरबन्दी रिक्त रहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जनार्दन पन्थीले बताए।अठार जनाको मेडिकल अधिकृतको दरबन्दीमध्ये १२ को दरबन्दी रिक्त छ। छ जना दरबन्दी पूर्ति भएको राप्ती उपक्षेत्रीय अस्पतालमा अहिले दुई जनामात्रै कार्यरत छन् भने त्यसमध्ये चार जना बाहिरै रहेको निमित्त मेसु डा पन्थीले जानकारी दिए।

अस्पतालमा न्युरोलोजिष्ट, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, न्युरोसर्जन, डेन्टल सर्जन, प्याथोलोजिष्ट, मानसिक रोज विशेषज्ञ, मुटुरोग विशेषज्ञ, नेफ्रोलोजिष्ट, न्युरोसर्जन अस्पतालमा छैनन्। यस्तै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, मेडिकल जनरलिष्ट, नवौँ र दसैँ तहको वरिष्ठ नर्सिङ प्रशासक, आठौँ तहको डेण्टल सर्जन, सातौँ र आठौँ तहको मेडिकल टेक्नोलोजिष्ट र सातौँ र आठौँ तहको फार्मेसी अधिकृतको दरबन्दीसमेत रिक्त छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडि बढेको उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावकारी सेवा दिन नसकिएको अस्पतालका निमित्तप्रमुख डा पन्थीले बताए। उपक्षेत्रीयतहको अस्पतालले सामान्य उपचारसमेत गर्न सकेको छैन भने आइसियु एनआइसियु प्रविधि कर्मचारीकै अभावका कारण कोठामा थन्काएर राख्नु परेको अस्पतालले बताएको छ।

          September 8, 2018 12:57 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...