Monday 30th March 2026

रक्तचाप कम भएपछि सहिदको सम्मानमा रक्तदान गर्न सकेनन् भट्टराईले

8 years अगाडी

काठमाडौं, २३ भदौ । नयाँ शक्ति पार्टी, नेपालले जनयुद्धका सहिद बासु-बैरागी स्मृति दिवसमा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।पार्टी कार्यालय बबरमहलमा शनिबार बिहान आयोजना गरेको रक्तदान कार्यक्रममा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भने रक्तदान गर्न सकेनन् । उनको रक्तचाप परीक्षण गर्दा कम रहेको भेटिएपछि रक्तदान नगर्न चिकित्कसले सुझाव दिएका थिए

जनयुद्धकै सबैभन्दा उच्च ओहदामा रहेर सहादत् प्राप्त गरेका सुरेश वाग्ले बासु र भिमसेन पोखरेल बैरागीको स्मृतिमा हरेक वर्ष बासु-बैरागी स्मृति दिवस मनाइने गरेको छ । माओवादी पार्टी नेकपा एमालेसँग मिसिएपछि माओवादी मूल धारमा उक्त दिवसलाई उत्साहजनक ढंगले मनाइएको छैन । माओवादीका कतिपय नेताले सामाजिक सञ्जालमा स्टाटस लेखेर बासु र बैरागीलाई सम्झिएका छन् ।

नयाँ शक्तिको सहिद बेपत्ता परिवार,घाइते अपांग एवं द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभागको आयोजना र भेनस अस्पताल बानेश्वरको सहयोगमा रक्तदान तथा स्वास्थ्य शिविर आयोजना गरेको हो । नयाँ शक्तिले आयोजना गरेका रक्तदान लगायको कार्यक्रममा सहिद बासुका सुपुत्र तथा बैरागीका भाइको उपस्थिति रहेको थियो ।

          September 8, 2018 1:06 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...