परीक्षामा छात्राले यस्तो जवाफ लेखेपछि जाँच्ने शिक्षक नै झन्डै ढले !
परीक्षामा पास हुनका लागि विद्यार्थीहरुले अनेक उपाय अपनाउँछन् । परीक्षा पास गर्नको लागि घोटिएर पढ्ने विद्यार्थी धेरै छन् त्यसबाहेक कसैले परीक्षा हलमै चिट लिएर जान्छन् र उत्तर चोर्छन् । केहीले भने परीक्षाको उत्तर पुस्तिकामै उत्तर पुस्तिका जाँच्ने शिक्षकलाई पत्र समेत लेख्छन् ।
यस्तै अनौठो घटना सामाजिक संजालबाट सार्वजनिक भएको छ । भारतको हैदराबाद्को यो घटना परीक्षा हलमा आएपछि कुनै उपाय नलागेपछि यी छात्राले यतिसम्म आश्चर्यजनक काम गरेकी छिन । यी छात्राले आफ्नो लागि त निकै राम्रो उत्तर लेखिन होला तर के कोही नयाँ गीत लेख्दैमा पास होला र ? यी छात्राले सुरुदेखि अन्तिमसम्म केवल बलिउडका गीत लेखेकी छिन् ।
उत्तर पुस्तिकाको अन्त्यमा भने यी छात्राले आफ्नो गरिबीको हवाला दिँदै पास गराइदिन गुहारसमेत मागिन । यो कपी परीक्षण गर्ने शिक्षकले यी छात्राको गुहार त मानेनन् बरु यो कापी नै परीक्षा अधिकारीलाई बुझाइदिए । यो उत्तर पुस्तिकाको केही अंश अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । सामाजिक संजालमा यो उत्तर पुस्तिका जाँच्ने शिक्षक नै झन्डै ढलेनन् भन्दै फोटो भाइरल भइरहेको छ यद्यपि यो कुराको पुष्टि भने कतैबाट भएको छैन ।
September 8, 2018 2:32 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै