Monday 30th March 2026

निर्मला पन्त हत्या प्रकरण : प्रहरीले अपराधी भनेका दिलिपले भने– ‘निर्दोष छु, मलाई बचाउनुस्’ !

8 years अगाडी

प्रहरील बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त हत्या प्रकरणमा मुख्य आरोपीका रुपमा पेश गरेका दिलीपसिंह विष्टले आफु निर्दोष रहेको भन्दै आफुलाई बचाउन आग्रह गरेको छन् । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या अभियोग लागेका मानसिक सन्तुलन ठिक नभएका विष्टलाई १० दिन काठमाडौं राखेर स्वास्थ्य परीक्षण पछि महेन्द्रनगर पर्याइएको छ ।

विष्टलाई निर्मलाको हत्या भएको २६औं दिनमा प्रहरीले मुख्य आरोपीका रुपमा सार्वजनिक गरेको थियो। उनको मानसिक अवस्था ठीक भए–नभएको र यौन उत्तेजना परीक्षण गर्न प्रहरीले काठमाडौं लगेको थियो। विष्टसँगै उनको स्वास्थ्य परीक्षण रिपोर्ट पनि आएको छ। तर, शिलबन्दी भएकाले रिपोर्टमा के छ, जानकारी हुन सकेको छैन।दिलीपका दाजु खडक विष्टले आफ्नो भाईलाई प्रहरीले नाटकीय ढंगले पक्राउ गरेर दोषी बनाउन खोजेको बताएका थिए। शनिवार प्रहरी हिरासतमा भाई दिलीपलाई भेटेपछि उ निकै निराश देखिएको जानकारी दिए।

दिलीपको भनाई उदृत गर्दै दाजु खडकले भने, ‘म निर्दोष छु, मलाई बचाउनुहोस्’ । कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले स्वास्थ्य परीक्षणको रिपोर्ट शिलबन्दी रुपमै अदालतमा पेश गर्ने बताए। विष्टलाई आईतबार जिल्ला अदालतमा पेश गर्ने तयारी भएको डिएसपी ओझाले जानकारी दिए। यता, विष्टको परिवारले भने उनी निर्दोष रहेको र जवर्जस्ती फसाइएको बताउँदै आएका छन्। तर, विष्ट परिवार अझै उनी निर्दोष भएपनि निर्दोष सावित हुनेमा आशंका गरिरहेको छ।

          September 9, 2018 1:27 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...