निर्मलाको बलात्कार र हत्याको अभियोगमा पक्राउ परेका दिलिप रिहा, बम दिदी बहिनी ३० हजार जरिमाना तिरेर छुटे
कञ्चनपुर – प्रहरीले निर्मला पन्तको बलात्कार र हत्याको अभियोगमा पक्राउ गरेका दिलिप विष्ट रिहा भएका छन् । निर्मलाको भेजाइनल स्वाब (योनीमार्ग) मा रहेको डिएनएसँग विष्टको डिएनए नमिलेपछि जिल्ला अदालतले मंगलबार विष्टलाई रिहा गरेको हो । विधि–विज्ञान प्रयोगशालाले दिएको रिपोर्ट अनुसार विष्टको डीएनए फरक परेको सरकारी वकिलको कार्यालयले जनाएको छ । विष्टको डीएनए रिपोर्ट नमिलेपछि उनलाई अभिभावकको जिम्मा लगाउन अनुमति दिएको जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले जानकारी दिनुभयो ।
यता, निर्मलाको हत्यामा संलग्न रहेको आरोप लागेका बम दिदीबहिनी पनि मंगलबारै रिहा भएका छन् । सरकारी वकिलको कार्यालयका अनुसार बबितालाई ३० हजार रुपैयाँ धरौटिमा छोडिएको छ भने रोशनीलाई विनाधरौटी अभिभावकको जिम्मा लगाइएको छ । प्रहरीले निर्मलाको बलात्कार र हत्याको एकमात्र अभियुक्त भन्दै भदौ ४ गते पत्रकार सम्मलेन गरी भिमदत्त नगरपालिका १९ का स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
विष्टका आफन्त र स्थानीयले उनी मानसिक रुपमा अस्वस्थ रहेको बताएपछि सरकारी वकिलको कार्यालयले उनको स्वास्थ अवस्था जाँच र डीएनए परिक्षणका लागि काडमाडांै पठाएको थियो । स्वास्थ्य परिक्षणपछि गएको शुक्रबार महेन्द्रनगर ल्याइएको विष्टलाई थप अनुन्धानका लागि भन्दै जिल्ला अदालत ५ दिनको म्याद थप गरेको थियो । विष्टको डीएनए रिपोर्ट निर्मलाको भेजाइनल स्वाबमा रहेको डीएनएसँग नमिलेपछि उनलाई अभिभावकको जिम्मा लिगाइएको छ ।
September 11, 2018 5:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै