सिलिण्डर पड्किएर आगलागी हुँदा सात घाइते
काठमाडौँ, २६ भदौ : स्थानीय ज्याठामा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा सात जना घाइते भएका छन् । आज बिहान करीब ४ बजेतिर पानी तान्ने मोटर जोड्ने क्रममा निस्किएको आगोको झिल्काबाट हावामा फैलिएको प्रज्वलनशील ग्यासमा आगो लागेको थियो । ज्याठाका स्थानीयवासी सुमन स्थापितको भुइँतलामा ‘ट्रेकिङ’का लागि प्रयोग हुने अक्सिजनका ८० सिलिण्डर थिए । तीमध्ये आगलागीका क्रममा २५ वटा सिलिण्डर पड्किएका थिए ।
सो घटनाका घाइतेमध्ये सुमन स्थापितसहित अन्य चारजनाको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार भइरहेको छ भने अन्य तीनजना सामान्य उपचारपछि घर फर्किएका छन् । घाइते हुनेमा घरधनी स्थापित विस्फोटमा परेका हुन् भने बाँकी झ्यालबाट हाम फाल्ने क्रममा घाइते भएका हुन् । विस्फोटबाट दुई तलाको एकातर्फको पर्खाल भत्किएको छ । आगलागीबाट छिमेकी कल्पना तुलाधरको घरमा बढी क्षति पुगेको छ भने चोकआसपासका अन्य घरहरुका पर्खाल र ढोका चर्किएका छन् ।
उक्त घटनाबाट घाइते भएकालाई भेट्न पुग्नुभएका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले घाइतेलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वडा नं २७ र आसपास वडा समितिका अध्यक्ष, वडा सदस्य तथा महानगरको विपद् व्यवस्थापन विभागका अधिकारीसहित प्रमुख शाक्या घटनास्थल पुग्नुभएको थियो । आगलागीबाट करीब रु १० लाखको क्षति भएको अनुमान गरिएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै