Sunday 5th April 2026

नवलपरासीमा हावाहुरीमा परी एक महिलाको मृत्यु

8 years अगाडी

नवलपरासी । पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको ज्यान गएको छ। पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो।

भारतको महाराजगञ्ज निचरौल घर भई हाल पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ को घरमौरीमा रहेको स्थानीय बेइलादेवी शर्माको उखुबारीमा काम गर्ने ५० वर्षीया बिन्दादेवी राजभरको ज्यान गएको हो।

हावाहुरीसहित आएको पानीमा ओत लाग्न बाँसको झ्याङमा पुगेकी उनलाई बाँसको झ्याङ नै खसेर किच्दा घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ। रासस

          June 13, 2018 10:52 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...