संकटमा सलमान खान
एजेन्सी । बलिउड अभिनेता सलमान खान संकटमा फसेका छन् । बिहारको मुज्जफुर अदालतले उनको फिल्म लवरात्रीका विरुद्ध परेको एक निवेदनमाथि प्रारम्भीक कारबाही गर्न प्रहरीलाई आदेश दिएको छ ।सलमान खानसहित अन्य ७ जना कलाकारमाथि कानुनी कारबाही हुन लागेको हो । लवरात्री फिल्म आगामी अक्टुबर ५ मा दुर्गापूजाका दिन रिलिज हुँदैछ । बिहारका एक जना वलिक सुधीर ओझाले सो फिल्मले हिन्दुको भावनामा ठेस पुर्याएको भन्दै अदालतमा एक निवेदन दिएका थिए ।
अदालतले सो निवेदनमाथि शुरु कारबाही गर्दै आवश्यक छानविन गर्न प्रहरीलाई आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सलमान खान र उनका भिनाजु मिलेर सो फिल्म बनाइरहेका छन् । फिल्म प्रेममा केन्द्रित भए पनि नवरात्रिलाई विगारेर लवरात्रि बनाइएको भन्दै केही हिन्दुवासी संगठनले यसअघि पनि सलमान खानको विरोध गरेका थिए । एक संगठनका प्रमुखले त सलमान खानलाई मारे २ लाख रुपैयाँ पुरस्कार दिनेसमेत घोषणा गरेका थिए । फिल्म विवादमा फसेपछि सलमान खान पनि तनावमा परेको बताइएको छ । बलिउडका सबैभन्दा सफल अभिनेता सलमान विभिन्न सयममा कानुनी संकटमा पर्दै आएका छन् । उनी कालो हिरण मारेको आरोपमा धेरै पटक अदालतमासमेत पुग्नु परेको छ । यद्यपी सो आरोपबाट उनी मुक्त भएका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :