Monday 30th March 2026

नेकपाको सचिवालय बैठक आज पनि, बैठक बालुवाटारमै

8 years अगाडी

काठमाडौँ, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज पनि बस्ने भएको छ । बैठकले सांगठानिक एकीकरणको कार्यलाई अघि बढाउने नीतिगत विषयमा विचार विमर्शलाई नै निरन्तरता दिने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपाको सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरसल्लाह र परामर्शअनुसार प्राप्त भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा उक्त प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।

बैठकमा उठेका विषयमाथि थप परामर्श गरी गर्न पार्टीले बिहीबार दिउँसो ३ बजे पुनः बैठक बोलाएको छ । जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महिनाभित्र गरिसक्ने बताइएको थियो ।सो बैठकमा अध्यक्ष द्वयले एकीकरणका कार्यलाई सम्पन्न गर्ने नीतिगत मान्यता प्रस्तावित गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएए । उनका अनुसार प्रस्तुत मान्यता र मापदण्डमाथि छलफल गर्दै त्यसलाई टुङ्ग्याउने दिशामा अगाडि बढेको छ ।

बैठक बालुवाटारमै : प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीको सरकारी निवासलाई पार्टी कार्यालय र निजी निवासको रुपमा बदलेको भन्दै चौतर्फी आलोचना भए पनि सम्बन्धित निकायबाट सुनुवाई भएको छैन । गत साता बालुवाटारमै ओली वंश भेला गरेपछि उनको चौतर्फी आलोचना भएको थियो ।

          September 13, 2018 11:09 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...