Sunday 21st December 2025

हेर्नुहोस ऐश्‍वर्या रायले जितिन् अवार्ड, अभिषेकले गरे फोटो सेयर र लेखे-‘म भाग्‍यमानी पति’ !

7 years अगाडी

बलिउड नायिका ऐश्‍वर्या राय बच्चनले अमेरिकामा भएको वुमन इन फिल्म एण्ड टेलिभिजन(डब्लूआइटी) इन्डिया अवार्ड शोमा मेरिली स्ट्रीप एक्सेलेन्सी अवार्डबाट सम्‍मान पाएकी छिन्। ८ सेप्टेम्बरमा अमेरिकामा आयोजित उक्त अवार्ड कार्यक्रममा ऐश्‍वर्याले अवार्ड पाएपछि सामाजिक सञ्‍जालमा शेयर गरेकी थिइन्। उनलाई सबैभन्दा पहिले आराध्‍याले बधाई दिएकी थिइन् भने उनीहरुको तस्बिरलाई उनका पति अभिषेश बच्चनले सामाजिक सञ्‍जालमा शेयर गरेका थिए।ऐश्‍वर्याको सम्‍मानको खुसीमा उनले शेयर गर्दै लेखेका छन्, ‘मिसेजलाई मेरिली स्ट्रीप सम्‍मान पाएकी छिन्। यसको अवसरमा आराध्‍याले उनलाई बधाई दिएकी छिन्। उक्त तस्बिर देखेर म एउटा असल श्रीमान भएको गर्व अनूभव गरिरहेको छु।’

ऐश्‍वर्याले सामाजिक सञ्‍जालमा छोरी आराध्‍यासँग तस्बिर खिचाएकी छिन्। उनले अवार्डमा जाँदा इजिप्टियन डिजाइनमा बनाइएको कालो र गोल्डेन गाउन लगाएकी थिइन्। यस्तै छोरी आराध्‍याले पिंक रंगको गाउन लगाएकी थिइन्। अवार्ड कार्यक्रममा ऐश्वर्यासँगै उनको आमा पनि आएकी थिइन्। यता, डब्लूआइटी इन्डियाद्वारा जारी गरिएको विज्ञप्‍तिमा भनिएको छ, ‘ हाम्रो उद्देश्‍य भनेको लैंगिक विभेदविरुद्ध लड्नु र आवाज उठाउनु हो।साथै महिलालाई सशक्तिकरण गर्दै समान हक र अधिकार दिलाउनु नै हो।यसमा पुरुषहरुले पनि हातेमालो गर्दै साथ दिनु पर्नेछ।’

          September 14, 2018 11:27 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...