चर्चा प्रियंका र निकको : प्रेमीको हात समाउँदै प्रियंका विवाहमा पुगेपछि
लिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनास अहिले गहिरो प्रेममा छन् । यी दुईको सम्बन्धनलाई अहिले संसारभरका सञ्चार माध्यमले निकै प्राथमिकताका साथ स्थान दिने गरेका छन् ।पछिल्लो समयमा प्रियंका र निक दुवैलाई कयौं पटक एकसाथ देख्न सकिन्छ । कैयौं पटक दुवैले साथमा समय बिताउन थालेपछि यी दुईबीच केही चलिरहेको अनुमान हलिउडका मिडियाले लगाउँदै आएका छन् ।

यी दुइले सामाजिक सञ्जालहरुमा एक अर्काको फोटोहरुमा कमेन्ट भने गरिरहेका छन् । उनीहरुको यस किसिमको क्रियाकलापले दुवैले एक अर्कालाई डेट गरिरहेको सजिलै अनुमान गर्न सकिन्छ ।यस किसिमका खबरहरु आए पनि प्रियंका र निकले कुनै प्रतिक्रिया भने जनाएका छैनन् । हालै प्रियंका निकको हात समाउँदै निकका दाईको विवाहको कार्यक्रममा उपस्थित भएकी थिइन् ।

विवाहमा लिइएका तस्बिरहरुबाट प्रियंका निकको परिवारसँग पनि घुलमिल भइसकेकी छिन भन्ने भान हुन्छ । विवाह समारोहमा खिचिएका प्रियंका र निकका तस्विरहरु अहिले विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेका छन् ।
June 13, 2018 11:31 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी