Tuesday 23rd December 2025

चर्चा प्रियंका र निकको : प्रेमीको हात समाउँदै प्रियंका विवाहमा पुगेपछि

8 years अगाडी

लिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनास अहिले गहिरो प्रेममा छन् । यी दुईको सम्बन्धनलाई अहिले संसारभरका सञ्चार माध्यमले निकै प्राथमिकताका साथ स्थान दिने गरेका छन् ।पछिल्लो समयमा प्रियंका र निक दुवैलाई कयौं पटक एकसाथ देख्न सकिन्छ । कैयौं पटक दुवैले साथमा समय बिताउन थालेपछि यी दुईबीच केही चलिरहेको अनुमान हलिउडका मिडियाले लगाउँदै आएका छन् ।

यी दुइले सामाजिक सञ्जालहरुमा एक अर्काको फोटोहरुमा कमेन्ट भने गरिरहेका छन् । उनीहरुको यस किसिमको क्रियाकलापले दुवैले एक अर्कालाई डेट गरिरहेको सजिलै अनुमान गर्न सकिन्छ ।यस किसिमका खबरहरु आए पनि प्रियंका र निकले कुनै प्रतिक्रिया भने जनाएका छैनन् । हालै प्रियंका निकको हात समाउँदै निकका दाईको विवाहको कार्यक्रममा उपस्थित भएकी थिइन् ।

विवाहमा लिइएका तस्बिरहरुबाट प्रियंका निकको परिवारसँग पनि घुलमिल भइसकेकी छिन भन्ने भान हुन्छ । विवाह समारोहमा खिचिएका प्रियंका र निकका तस्विरहरु अहिले विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेका छन् ।

          June 13, 2018 11:31 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...