मिडियाको अगाडी दीपिकाले यसरी लुकाइन् आफ्नु बिवाहको रहस्य
बलिउडमा बिवाह गर्नेको लहर चलेको बेला बलिउड अभिनेत्रि दीपिकाले आफ्नु बिवाहको कुरी मिडियामा लुकाइरहेकि छिन् । दीपिका पादुकोण र अभिनेत रणवीर सिंहबीच आउँदो नोभेम्बरमा बिहे हुने पक्का भइसकेको छ । तर, अझै पनि यी दुई विवाहको विषयमा मुख खोल्न चाहिरहेका छैनन् ।दीपिका हालै एउटा अन्तरक्रिया कार्यक्रममा पुग्दा पत्रकारले सोधिहाले, ‘तपाईं र रणवीरको बिहे नोभेम्बरमा हुन लागेको हो रु’ उक्त प्रश्नलाई दीपिकाले सहजरुपमा लिइनन् । उनले सुरुमा असम्वन्धित प्रश्न भन्दै पन्छाइन् । तर, पत्रकारले दोहो¥याएर सोधे किनकी उनलाई हेडलाइन चाहिएको थियो । त्यसपछि भने दीपिका आगो भइन् ।
‘कस्तो ठाउँमा के प्रश्न सोध्ने भन्ने कमन सेन्स छैन तपाईंको रु’, दीपिकाले भनिन्, ‘यति संवेदनशील मुद्दामा छलफल भइरहेको बेला कहाँबाट आयो मेरो बिहेको कुरा रु’ खासमा त्यो कार्यक्रममा उनी आफ्नो डिप्रेसनसम्वन्धि अनुभव सेयर गर्न पुगेकी थिइन् । डिप्रेसनबाट आफू कसरी बाहिर निस्केँ भन्ने सुनाउँदै गर्दा पत्रकारले असम्वन्धित प्रश्न राखेका थिए । त्यसैले दीपिकाको पारो चढ्नु स्वभाविक थियो ।
दीपिका केही वर्षअघि गम्भीर डिप्रेसनबाट प्रताडित बनेकी थिइन । त्यतिबेलाको अनुभव उनले धेरै ठाउँमा सेयर गरिसकेकी छन् । डिप्रेसनबाट निस्किन आफूलाई ब्याडमिन्टनले सघाएको उनी बताउने गर्छिन् । डिप्रेसनबाट बाहिर निस्केपछि दीपिकाले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न एउटा एनजीओ पनि खोलेकी छन् । उक्त एनजीओको नाम रहेको छ, लाइफ, लिभ, लाफ । यो एनजीओले खासै के काम गर्ने भन्न सकिएको छैन ।दीपिका पछिल्लोपटक विवादित फिल्म ‘पद्मावत’ मा देखिएकी थिइन् । हालै उनले एउटा नयाँ हलिउड प्रोजेक्ट साइन गरेको चर्चा चलिरहेको छ । एजेन्सी
September 14, 2018 2:42 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :