Sunday 5th April 2026

उपेन्द्र महतोको अस्पतालमा चोरी

8 years अगाडी

काठमाडौं, ३० जेठ । पाँचतारे र ६ तारे सुविधाको अस्पताल भनेर के गर्नु ? दिनदाहडै चोरी हुने । चोर पनि पत्ता लग्न नसक्ने भएपछि ! छतैमा हेलिकोप्टर ल्याण्ड हुने हल्लासहित उपेन्द्र महतोको नख्खु ललितपुरस्थित मेडीसिटी अस्पताल यस्तै अवस्थाकाबीच चलिरहेको छ अस्पतालमा करोडौं मूल्यका उपकरण र सामान त हुने नै भए ।

यसको सुरक्षा भर्ना र हराउन थाले भने के हो ? भर्खरै मेडिसिटी अस्पतालको निजी कक्षबाट ४२ इन्चको टेलिभिजन हराएको छ । एउटा टेलिभिजन गायब हुनु उपेन्द्रको लागि घाटाको कुरा नहोला । तर, अस्पतालका सामान भकाभक यसैगरी हराउन वा चोरी हुन थालेभने त्यसबेला चाँही उनलाई नोक्सान नहोला भन्न सकिन्न । आज टिभी हरायो भोली एक्सरे मेसिन पर्सी अर्को महँगो उपकरण गायब होला । त्यतिबेला उपेन्द्रको घाटाको कुरा मात्र आएर नेपालीको चोरी गर्ने प्रवृत्तिबारे पनि त प्रसंग उठ्न सक्छ । फेरि त्यत्रो अस्पतालमा सुरक्षा र निगरानीको पनि व्यवस्था होला ।

सिसिटिभीदेखि सबै कर्मचारी, सुरक्षकर्मीलाई पनि छक्याएर टिभी लानसक्ने अवस्था भनेको त्यहाँ जाने बिरामी र कुरुवाको सामानको सुरक्षा नहुन हो । एउटा टिभीको सुरक्षा गर्न नसक्नेले सयौं विरामीको सुरक्षा कसरी गर्छ ?

          June 13, 2018 12:07 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...