निर्मला हत्या प्रकरणः अनुसन्धान टोली विष्टकै चंगुलमा
महेन्द्रनगर, ३० भदौ । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटना प्रकरणमा जिल्ला प्रहरी सुरुदेखि नै विवादित रह्यो। साउन १० गतेको उक्त घटनाको सत्य–तथ्य पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्युरोले चौथो दिन टोली पठायो। त्यसप्रति पीडित परिवारको भरोसा थियो। तर, उसले पनि निर्दोषलाई फसाएर जिल्ला प्रहरीलाई सहयोग पुग्ने तरिका अपनायो।र, करिब ३ साता लामो ‘अनुसन्धान’ पछि भदौै ४ गते स्थानीय दिलीपसिंह विष्टलाई दोषी किटान गर्दै सार्वजनिक गर्यो। त्यसमा जानकार र स्थानीयबासीले विश्वास गरेनन्। यति बेला डीएनए परीक्षणको प्रतिवेदनले पनि त्यही देखायो। विष्ट निर्दोष सावित भएर छुटिसकेका छन्। बरु तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट (हाल निलम्बित), उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्टको डीएनए परीक्षण गरिएको छ। परिणाम आउन बाँकी छ।
घटनाको गहन र संवेदनशील भएर अनुसन्धान गर्न सीआईबीका डीएसपी अगुंर जीसीको नेतृत्वमा खटिएको टोलीले गम्भीर रुपमा नलागेको देख्ने÷जान्नेहरू बताउँछन्। ‘सीआईबीको टोली बिहानै बाहिर निस्कन्थ्यो, साँझपख प्रहरी प्रमुख र उनीहरुबीच छलफल हुने गथ्र्यो’, जिल्ला प्रहरी स्रोतले भन्यो, ‘सीआईबीको टोली खटिए पनि अनुसन्धानमा तत्कालिन प्रहरी प्रमुखकै प्रत्यक्ष निगरानी थियो। उनले जे भन्यो, त्यही गर्यो टोलीले।’प्रहरीले गर्ने अनुसन्धानलाई सहज बनाउन र अझ बृहत रुपले लाग्न सीआईबी केन्द्रीत हुने गरेको छ। जटिल र संवेदनशील घटनामा प्रहरीले सीआईबी खटाउने गर्छ। त्यसकै लागि कञ्चनपुर आएको टोलीको क्रियाकलाप भने ठीक उल्टो रह्यो।
साउन १० गते साथी रोशनी (आँचल) बमको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोलामा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटियो। प्रहरीले ११ गते नै शवको मुचुल्का गरी घटनास्थलबाट उठाएर पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राख्यो। तत्कालिन प्रहरी नेतृत्वले संगठनसंगको समन्वयमा सीआईबीको टोली मगायो। र अनुसन्धान अघि बढ्यो।साउन १३ गते महेन्द्रनगर पुगेर अनुसन्धान थालेको सीआईबी टोलीले घटनास्थलको अध्ययन र पीडित परिवार भेटे लगत्तै उसको अनुसन्धान कारागारबाट सजाय काटेर बाहिर निस्केकाहरुमा केन्द्रीत देखियो। ‘त्यही क्रममा दिलीपसिंह विष्टलाई फसाउने नियत बन्यो’, जिल्ला प्रहरीकै एक अधिकारी भन्छन्, ‘वा टोली यति कमजोर थियो, जसलाई अनुसन्धानबारे केही थाहै थिएन।’
स्थानीय बासिन्दाको बुझाइ पनि त्यस्तै रह्यो। ‘सीआईबी नै अपराधी खोज्नभन्दा कमजोर वा फसाउन सकिने मान्छे खोज्नतर्फ लाग्यो’, स्थानीय अम्बादत्त तिवारीले भने, ‘जिल्लाको प्रहरी नेतृत्वकै चङ्गुलमा सीआईबी समेत पर्दा उसको भूमिका शंकास्पद रह्यो।’ जिल्ला प्रमुख एसपी भएकाले त्यसभन्दा माथिल्लो अधिकृतको नेतृत्वमा सीआईबीको टोली पठाएको भए अनुसन्धानले सहि दिशा लिन सक्थ्यो कि भन्ने उनको अनुमान छ। ‘डीएसपी कमाण्डमा आएको टोली एसपीकै प्रभावमा पर्यो।’
September 15, 2018 2:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै