क्यान्सरसँग जुधीरहेकी सोनालीलगायत ५ जना कलाकारमाथि अदालतमा मुद्दा !
एजेन्सी । काला हिरणको शिकार मुद्दामा राजस्थान सरकारले ५ महिनापछि जोधपुर अदालतको पैसलालाई उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ ।भारतीय समाचार एजेन्सीका अनुसार राजस्थान सरकार काला हिरण शिकार मुद्दामा तब्बु, सैफ अलि खान, सोनाली बेन्द्र,े नीलम र दुष्यंतलाई रिहा गर्ने फैसलामाथि पुनरावेदन गर्ने भएको छ ।
सन १०९८ मा ‘हम साथ साथ हैं’ फिल्मको शूटिंगका क्रममा यी सबैका विरुद्ध २ काला हरिणको शिकार गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो । २० वर्षसम्म चलेको यो मुद्दाको फैसला गएको अप्रिलमा भएको थियो ।जसमा सलमान खानलाई दोषी ठहर गर्दै सजाय भएको थियो । उनीमाथि जोधपुर अदालतले ५ सालको कैद तथा १० हजार रुपैयाँको सजाय सुनाएको थियो । तर एक दिनमै सलमान खान जमानतमा रिहा भएका थिए ।
तर, उनलाई अदालतले देश बाहिर जाँदा अनुमति लिनुपर्ने बताएको थियो । यसै कारण फिल्म ‘भारत’ शूटिंगका लागि सलमानले निवेदन दिएका थिए, जसलाई अदालतले स्वीकार गरेका थिए । यो मुद्दामा आरोपी अर्की सोनाली बेन्द्रे भने हाल गम्भीर विरामी छन् । उनलाई हाईग्रेड मेटास्टेटिक क्यान्सर भएको छ । उनको उपचार अमेरिकामा भइरहेको छ । सोनाली सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यबारे जानकारी दिइरहेकी हुन्छिन् ।
September 16, 2018 12:43 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :