करोडमा बिक्यो चलचित्र ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स
नेपाली चलचित्र क्षेत्रमा त्यस्ता धेरै उदाहरणहरु छन्, चलचित्र निर्माण हुन्छ र दुई दिन पनि हलमा राम्रोसँग लाग्न नपाउँदै हलबाटै उत्रिन्छ । तर त्यही भिडमा यस्ता चलचित्रहरु पनि निर्माण भएका छन् । जसले चलचित्र लाग्ने टुंगो नहुँदै करोडौंको व्यापार गरेका छन् । त्यही उदाहरण मध्यको एक हो चलचित्र ‘छक्का पञ्जा ३’ ।
चलचित्र ‘छक्का पञ्जा ३’ रिलिज यसै दिन हुन्छ भन्ने अझै यकिन भइसकेको छैन । निर्माण पक्ष दशैंमा प्रदर्शन गर्ने भन्दै आएको छ । दशैंको घटस्थापनाका दिन अथवा फुलपातीका दिन, कुन दिन रिलिज गर्ने भन्ने टुंगो लागेको छैन । दर्शकहरुका निम्ति बहुप्रतिक्षित चलचित्र हो ‘छक्का पञ्जा ३’ । यसै बीच चलचित्र ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स निकै महँगो मूल्यमा बिक्री भएको छ । यो चलचित्र हाइलाइट्स नेपालले एक करोडमा खरिद गरेको बुझिएको छ ।
अब भने यस चलचित्रको विदेश प्रदर्शनको सम्पूर्ण जिम्मेवारी हाइलाइट्सको हातमा रहने छ । त्यससँगै मूल्य तोक्ने जिम्मेवारीसमेत हाइलाइट्सकै रहने चलचित्रकी निर्देशक दिपाश्री निरौलाले बताइन् । हाइलाइट्सले यसअघि पनि ‘छक्का पञ्जा २’ को डिजिटल र ओभरसिज राइट्स ९५ लाखमा खरिद गरेको थियो । तर यस पटक भने चलचित्रको डिजिटल राइट्स बिक्री नगरिएको निर्देशक निरौलाको भनाइ छ ।
चलचित्रको ’पहिलो नम्बरमा’ बोलको गीतले सर्वाधिक सफलता हात पारिसकेको छ । अहिले ‘पछि उमेर ढल्किन्छ’ गीत सार्वजनिक भएको छ । अर्जुन पोख्रेलको संगीत रहेको उक्त गीतमा निशान भट्टराइको आवाज छ । ‘पछि उमेर ढल्किन्छ’ बोलको गीत यति बेला निकै चर्चामा छ चलचित्रमा दीपकराज गिरीसँगै दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरी पौडेल, विल्सनविक्रम राई, किरण केसी, बुद्धि तामाङलगायतका कलाकारहरुले अभिनय गरेका छन् । दीपकराज गिरीको कथा रहेको चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् ।
September 16, 2018 1:55 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :