Sunday 5th April 2026

जडिबुटिमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

8 years अगाडी

भक्तपुर। बा ४ ख ३५५८ नं को टिप्परले एक स्कुटरलाई पछाडिबाट बुधबार अपराह्न ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।स्थानीय जडीबुटीमा बालुवा बोकेर कोटेश्वरतर्फ जाँदै गरेको टिपरले कोटेश्वरतर्फ नै गइरहेको बा ७० प ९३९९ स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार काभ्रेपलान्चोक घर भएकी २४ वर्षीया अस्मिता भण्डारीको मृत्यु भएको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ।

घाइते भण्डारीलाई उपचारका लागि ललितपुरस्थित बिएण्डबी अस्पतालमा लगिएकामा अस्पतालले मृत्यु भएको जानकारी दिएको हो। स्कुटर चालक आशिष उप्रेती भने सामान्य घाइते छन्।दुर्घटनापछि आक्रोशित भीडले ठक्कर दिने टिप्परमा आगो लगाइदिएको छ। आगलागीबाट टिप्परमा क्षति पुगेको छ भने टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि सडक बन्द हुँदा कोटेश्वरबाट पेप्सीकोला तथा कोटेश्वरबाट भक्तपुरतर्फ जाने सवारी साधन एक घण्टा प्रभावित भएको थियो। ठक्कर दिने चालकलाई कारवाहीको माग गर्दै सडकमा स्थानीयवासीले निकैबेर नाराबाजी गरेका थिए। काठमाडौँबाट आएका दुई दमकलले आगो नियन्त्रणमा लिएका छन्।

          June 13, 2018 3:33 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...