अमेरिका जाने तयारीमा प्रधानमन्त्री ओली
काठमाडौंँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयु्क्त राष्ट्रसङ्घको ७३ औंँ महासभामा भाग लिन यही असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन् । महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहितको उच्चस्तरीय टोली अमेरिका जाने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा।कुन्दन अर्यालले बताए ।उनकाअनुसार राष्ट्र सङ्घको महासभाको औपचारिक बैठक यही असोज २ गते मङ्गलबारदेखि हुने भए पनि उच्चस्तरीय सम्बोधन भने असोज ९ गतेबाट मात्र सुरु हुनेछ । प्रधानमन्त्री ओलीले महासभा बैठकलाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
“राष्ट्रसङघ सबै नागरिकका लागि सापेक्ष बनाऔं शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट” मूल नारा तय गरिएको महासभाका लागि प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ संविधान जारी गरेपछि सम्पन्न गरेको तीनै तहको निर्वाचन र नेपालले चालेको पछिल्लो आर्थिक समृद्धिको विषयलाई महासभा बैठकमा प्रधानमन्त्रीले औपचारिकरूपले जानकारी गराउने तयारी गरेको सचिवालयले जनाएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै