उपत्यकाका सवारीसाधनमा दैनिक करोडौँको ठगी, सरकार माैन
काठमाडाैं, २ असोज । काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले दैनिक करोडाैं रकम ठग्ने गरेको पाइएको छ । उपत्यकामा दैनिक चल्ने माइक्रो तथा बसले यात्रुबाट करोडौँ ठग्दा पनि सरकार भने मौन रहेको छ ।सरकारले काठमाडौँ उपत्यकामा न्यूनतम १३ रुपैयाँदेखि अधिकतम २४ रुपैँयासम्म भाडा तोकेको छ । तर तोकिएको भाडादर कार्यान्वायन भएको छैन । ठगी गर्ने सवारीसाधनलाई कडा कारबाही हुने ट्राफिक प्रहरी प्रवक्ता राजकुमार लम्सालले बताए ।
उपत्यकामा दैनिक ७० हजार सार्वजनिक सवारी गुड्ने गर्छन् । जसबाट दैनिक ३ करोडभन्दा बढी रकम ठगी भइरहेको छ । सार्वजनिक सवारीसाधन मध्ये झन्डै ९० प्रतिशतले तोकिएको भाडादर टाँसेका छैनन् ।सरकारले तोकेको भाडादरअनुसार यात्रुले ४ किलोमिटरसम्मको १३ रुपैयाँ, ५ किलोमिटरको १५, ६ किलोमिटरसम्मको १६, ८ किलोमिटरसम्मको १७, १० किलोमिटरसम्मको १९ रुपैयाँ तिर्नुपर्छ । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घका अनुसार काठमाडाैं उपत्यकामा ७० हजार सार्वजनिक सवारीसाधन गुड्ने गर्छन् ।
September 18, 2018 11:40 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै