Sunday 5th April 2026

सर्पले किसानलाई टोक्यो, खुट्टामै दाँत अड्किएपछि भयो यस्तो हाल

8 years अगाडी

खेतमा काम गरिरहेका किसानलाई सर्पले टोक्यो । तर आपत त त्यतिबेला भयो जब सर्पको दाँत किसानको खुट्टामै अड्कियो । त्यसपछि भने सर्प किसानको खुट्टामै बेरियो । भारतको बिहार मधेपुरा जिल्लामा यस्तो विचित्रको घटना भएको हो ।

 

किसानको खुट्टामा सर्प बेरिएको देखेपछि आसपासका खेतमा काम गरिरहेको अन्यले उनलाई अस्पताल लिएर गए । अस्पतालमा डाक्टर र गाउँलेको सहयोगमा किसानको खुट्टाबाट सर्प हटाइयो । डाक्टरका अनुसार लगातार धुलो माटोमा काम गर्दा किसानको खुट्टाको छाला बाक्लो र खस्रो भएको थियो ।

जसका कारण सर्पको दाँत खुट्टामै खड्कियो । सर्प डरका कारण खुट्टामै बेरियो । सर्प पानीमा बस्ने वाला थियो त्यसैले विषालु थिएन । किसानलाई प्राथमिक उपचारपछि घर पठाइएको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ

          June 13, 2018 3:49 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...