Sunday 29th March 2026

कुकुरले उल्ट्याइदियो पूरै मुद्दा,आफ्नै छोरीले बलात्कार आरोप लगाउँदा ५० वर्ष जेल सजाय

8 years अगाडी

एजेन्सी। अमेरिकाको ओरेगनमा एक कुकुरका कारण बलात्कारको एक मुद्दा पूरै उल्टिएको छ । यो लेब्राडोर कुकुर लामो समयदेखि हराइरहेको थियो । एक वर्षदेखि कुकुरको खोजी भइरहेको थियो । एक वर्षअघि यहाँ एक व्यक्तिलाई आफ्नै नाबालिग छोरीले बलात्कारको आरोप लगाएकी थिइन् । यो आरोपपछि ती व्यक्तिलाई अदालतले गतवर्ष ५० वर्षका जेल सजाय सुनाइएको थियो ।

छोरीले आरोप लगाएकी थिइन् कि उनका पिताले उनको यौन शोषण गरेपछि उनको कुकुरलाई पनि गोली हानेर मारेका थिए । कुकुर पनि हराइरहेको थियो । यस्तोमा छोरीको बयानलाई सत्य मानियो र पितालाई सजाय सुनाइयो । तर महिनौंसम्म कुकुरको खोजी गरेपछि अन्ततः कुकुर भेटियो । कुकुर भेटिएसँगै सबै मुद्दा उल्टिएको छ ।

ओरेगनमा प्लम्बरको काम गर्ने ४२ वर्षका जोशुआ हर्नरलाई गतवर्ष आफ्नै नाबालिग छोरीको यौन शोषण गरेको आरोपमा दोषी ठहर गरिएको थियो । छोरीले पितामाथि आरोप लगाउँदै ट्रायल अदालतमा बयान दिएकी थिइन् कि उनलाई बलात्कार गरेपछि पिताले कुुकुरलाई पनि गाली हानेर मारेका थिए । पिताले पहिले उनको कुकुर लुसीलाई नोक्सान गर्ने धम्की दिएको र पछि हत्या गरेको उनको आरोप थियो ।

यो मुद्दामा जोशुआले सफाइ दिएका थिए तर त्यो सफाइलाई झुटो मानिएको थियो । छोरीको बयान अनुसार कुकुर लुसी पनि भेटिएको थिएन । यस्तोमा अदालतले गत वर्ष नै जोशुआलाई दोषी ठहर गर्दै ५० वर्षको जेल सजाय सुनाएको थियो । यद्यपि कुकुर लुसी जिवितै भएको जोशुआको दावीपछि मुद्दाको जाँच गरिरहेकोसंस्था र सरकारी अधिकारीहरुले लुसीको खोजी भने जारी राखेका थिए ।

अन्ततः उनीहरुको खोजी पूरा भयो । टोलीले लुरीलाई ओरेगनमै नयाँ मालिकसँग जीवितै भेट्टाए र उसलाई अदालतमा पेश गरे । लुसी भेटिएसँगै डिष्ट्रिक्ट अटर्नी अफिसले छोरीलाई लुसीको अगाडि पुनः बयान दिनको लागि बोलायो । तर, उनले अघिल्लो अदालतमा दिएको बयानबारे कुरा गर्न अस्वीकार गरिन् । त्यसपछि डिष्ट्रिक्ट अटर्नी जनरलले जोशुआको मुद्दामा फैसला उल्ट्याउँदै उनलाई रिहा गरिदिए । अब यो मुद्दामा नयाँ ट्रायलको तयारी गरिएको छ ।

          September 19, 2018 11:14 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...