संविधानको सफल कार्यान्वयनमा जोड
पोखरा । संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आज यहाँ आयोजित कार्यक्रममा संविधानको सफल कार्यान्वयनबाट नै संविधान दिवसको सार्थकता हुनेमा जोड दिइएको छ।नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरुप संविधानसभाबाट प्राप्त संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै वक्ताले यसको भावना र मर्मअनुरुप अघि बढ्नुपर्ने बताए।
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसका भावना र मर्मलाई आत्मसात् गरी अघि बढ्नु आवश्यक भएकोमा जोड दिए।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानतः देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको बताउँदै यसको मर्मअनुरुप अधिकारको समुचित बाँडफाँट हुनुपर्ने धारणा राखे।
कार्यक्रममा पूर्वकानूनमन्त्री यज्ञबहादुर थापा, पोखरा लेखनाथ महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ, नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले नेपाली जनताको लामो समयको सङ्घर्षबाट प्राप्त संविधानको सफल कार्यान्वयनका लागि सबैको साथ र सहयोग आवश्यक हुने धारणा राखे। रासस
September 19, 2018 12:14 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै