Sunday 29th March 2026

एकतर्फी प्रेम नफस्टाएपछि ५० वर्षे रामबाबुले एसिड हाने

8 years अगाडी

रौतहट,  असोज । गत मंगलबार राती घरमै सुतिरहेको अवस्थामा दास दिदी बहिनीमाथि एसिड प्रहार भयो । मध्यरातमा ढोका फोडेर एसिड छ्यापी अभियुक्त गायब भए ।चन्द्रपुर नगरपालिका ६ का जादोलाल दासकी दुई छोरी सम्झना र सुस्मिता पोल्यो भन्दै चिच्याउन थालेपछि अर्काे कोठामा भएकी उनीहरुकी आमा के भयो भन्दै आइन् । दुवै जना छ्पठाइरहेका थिए । त्यत्तिकैमा छिमेकी रामबाबु पासवान पनि आइपुगे र उनले नै दास दिदी बहिनीलाई मुख धुन पानी समेत दिइएको बताइएको छ । ५० वर्षीया रामबाबुले घटना पश्चात दास दिदी बहिनीलाई अस्पताल लैजानेदेखि अस्पतालमा कुर्ने काम समेत गरे ।

चन्द्रनिगाहपुरमा उपचार सम्भव नभएपछि उनीहरुलाई काठमाडौंको किर्तिपुर रिफर गरियो त्यहाँसम्म पनि पासवान आइपुगे र कुरुवा समेत बसे । त्यत्तिकैमा प्रहरीले घटनाबारे अनुसन्धान गर्नका लागि रामबाबुलाई किर्तिपुरबाटै पक्राउ ग¥यो अनि घटना सार्वजनिक भयो । घटना उनैले गराएका रहेछन् भनेर ।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पत्रकार सम्मेलन गरी रामबाबुलाई सार्वजनिक गरेको छ । रामबाबुले सम्झनालाई एकतर्फी प्रेम गर्दा रहेछन् । १८ वर्षीया सम्झनालाई पछिल्लो दुई महिनाको अवधिमा पासवानले ३०० कल भन्दा बढी पटक मोवाइलमा फोन गरेका रहेछन् ।

‘घटना हुनुअघि १५ दिनको अवधि पनि डेढसय कल फोन गरेको मोवाइल रेकर्डमा पाइयो तर फोन उठेको छैन’ प्रहरी उपरीक्षक केदार ढकालले बताए । सम्झनाले पासवानको प्रेमप्रस्ताव अस्वीकार गरेको झोकमा उनले एसिड छ्यापेको अनुसन्धानबाट खुलेको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दास दिदी बहिनीको हाल किर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । बहिनी सुस्मिताको अवस्था केही सामान्य बन्दै गइरहेको छ भने सम्झना अझै पनि आइसियूमै रहेको पारिवारिक स्रोतले जनाएको छ ।

          September 19, 2018 12:26 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...