Sunday 29th March 2026

यसरी मनाए राउटेले संविधान दिवस

8 years अगाडी

सुर्खेत – कर्णाली प्रदेशमा पनि आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकारले विशेष समारोहको आयोजना गरेको थियो । कर्णाली प्रदेशका विभिन्न स्थानमा फिरन्ते जीवन बिताउँदै आएका  राउटे समुदायले पनि खुशीका साथ संविधान दिवस मनााएका छन् । उनीहरुले सांस्कृतिक कार्यक्रमसहित मूल ब्यानर लिएर प्रभात फेरीमा सहभागी भएका थिए । संविधान दिवसको अवसरमा आफूहरु खुशी भएको उनीहरुले बताए ।

संविधान आफूलाई थाहा भएको भन्दै यसरी सबैसँग मनाउन पाउँदा खुशी लागेको राउटे समुदायका मुखिया वीरबहादुर शाहीले बताउनुभयो । ‘संविधानका बारेमा थाहा छ’ उहाँले भन्नुभयो, ‘आज तिमि पनि खुशी छ हामी पनि खुशी छ । रमाइलो मानेछौँ ।’ कार्यक्रममा सोहि संविधान दिवशको अवसरमा राउटे जातिले आफ्नो विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । कर्णालीको गुराँस गाउँपालिका दैलेखमा राउटे समुदाय बस्दै आइरहेका छन् ।

संविधान दिवसको अवसरमा  वीरेन्द्रनगरको खुल्लामञ्चमा आयोजना गरिएको विशेष समारोहमा  कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, प्रदेश सांसदहरु, विभिन्न राजनितिक दलका प्रमुख एव्म प्रतिनिधि, कर्र्मचारी, सुरक्षा निकाय, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

          September 19, 2018 1:47 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...