Sunday 29th March 2026

एसिड खन्याएर काकिले गरिन ६ महिने बालकको हत्या

8 years अगाडी

अछाम,  असोज । घरमा सुताईरहेको अवस्थामा मंगलबार विहान एसिड प्रहारबाट गम्भिर घाइते बनेका तुर्माखाद गाउँपालिका–४ चिसिका एक बालकको मृत्यु भएको छ । ६ महिनाका ती बालक मुस्कान बयकको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मुस्कानको अनुहारमा एसिड जस्तै कोरोसिभ केमिकल अनुहारमा फ्याँकिएको थियो । गम्भीर घाइते मुस्कानलाई थप उपचारका लागि अस्पताल लैजाने क्रममा सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनमा संलग्न रहेको आशंकामा मृतककी काकी नाता पर्ने २५ वर्षीया जानकी बयकलाई प्रहरीले पक्राउ गरेको छ । पारिवारिक रिसइबीका कारण जानकीले ती बालकमाथि एसिड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

          September 20, 2018 11:54 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...