Sunday 29th March 2026

सन्तान नजन्माएको भन्दै कुटपिट गर्ने श्रीमानसहित चार पक्राउ

8 years अगाडी

कालिकोट, ५ असोज । कालिकोटको खाँडाचक्र नगरपालिका ५ का १८ वर्षका युवतीलाई विवाह गरेको २ वर्ष सम्म पनि सन्तान नजन्माएको भन्दै कुटपिट गर्ने श्रीमानसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।२ वर्ष सम्म सन्तान नजन्माउने भन्दै कुटपीट गर्ने उनका श्रीमान अली दमाई, ससूरा बिजे दमाई, देवर ऐन दमाई र जेठाजु प्रेम दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

खाँडाचक्र नगरपालिका १ माइती घर भएकी सरिता दमाईले आफूलाई परिवारले नै दैनीक बच्चा नजन्माएको र बोक्सी भन्दै कुटपिट गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले जानकारी दिए । उनका अनुसार पक्राउ गरिएका चारैजना विरुद्ध सामजिक भेदभाव तथा अन्य अपमानजन्य कसुर बोक्सीको आरोप अन्तर्गत मुद्धा दर्ता भएको छ ।

          September 21, 2018 11:46 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...