असार ५ गते प्रधानमन्त्री ओली चीन जाने
प्रधानमन्त्री निर्वाचित भए लगत्तै भारतभन्दा पहिला चीन भ्रमण गर्ने बताएका प्रधानमन्त्री केपी ओली भारत भ्रमण गरेको दुई महिनापछि चीन जाने भएका छन् । ओलीको चीन भ्रमण असार ५ गतेदेखि ६ दिनसम्म हुने औपचारिक सूचना सार्वजनिक भएको छ । बुधबार मात्र नेपाल र चीनका अधिकारीहरुले प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको मिति सार्वजनिक गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार ओलीको चीन भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री पत्नी, सांस र सरकारी अधिकारी हुनेछन् । यदपी कति सदस्य टोली हुन्छ भने यकिन भएको छैन ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली खछ्याङ, राष्ट्रपति सी चिनफिङलगायतसँग् भेटवार्तागर्ने छन्। नेपालमो दुई कम्युनिस्ट पार्टी मिलेर शक्तिशाली पार्टी बनेको सन्दर्भमा समते त्यहाँका उच्च नेतासँग छलफल हुने बतायउको छ । ओलीको चीन भ्रमण पुराना सम्झौता कार्यान्वयन र विकासका निम्ति ठोस कार्यक्रममा सम्झौताका लागि केन्द्रित हुने बताइएको छ ।
June 14, 2018 11:02 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने