

राशिअनुसार आज प्रयोग गर्नुहोस् यी रङ र अंक !

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०६-०५) कस्तो रङ र अंक प्रयोग गर्ने ?
मेष :
कर्म भावमा गोचर गर्ने चन्द्रमाले प्रयत्न गर्दा नयाँ काम पाउने तथा नोकरिमा राम्रो स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । व्यापारमा लगानि गर्नको लागि आजको दिन उत्तम रहेकोेछ । प्याजी रङ प्रयोग गर्नुहोला । ॐ सिद्धिविनाएक नम मन्त्रको जप १०८ पल्ट गर्नुहोला । १ र ७ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ ।
बृष :
धर्म भावमा गोचर गर्ने भन्द्रमाले अध्यात्म तथा धार्मिक क्षेत्रमा सहभागि हुन सकिनेछ । पढाई लेखाईमा नतिजा तपाईको पक्षमा आउनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा समय दिनुहोला । खरानि रङको प्रयोग गर्नुहोला । ॐ दक्षकन्याय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला । २ र ३ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ ।
मिथुन :
कष्ट भावमा गोचर गर्ने चन्द्रमाले कुनै पनि काम गर्नु पहिले राम्रँे सँग अध्ययन गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग कमै गर्नुहोला । लामो दुरिको यात्राको लागि समय राम्रो रहेकोछ । निलो रङको प्रयोग गर्नुहोला । ॐ कालकालाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले दिन राम्रो हुनेछ । ३ र ६ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ ।
कर्कट :
व्यापार भावमा गोचर गर्ने चन्द्रमाले ट्राभल,पर्यटन तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ भने राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईनेछ । आजको लागि शुभ रंग प्रयोग गर्दे हुनुहुन्छ भने सेतो रंगको प्रयोग गर्नुहोला । आजको लागि शुभ अंक ४ र ७ रहेकोछ भने ॐ वक्रतुण्डाय नम ः मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ ।
सिंह :
समयले साथ दिने हुदा आज हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा निर्णय हुनेछन् । प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नोकरिमा प्रवेशको योग रहेकोछ । आजको लागि शुभ रंग प्रयोग गर्दे हुनुहुन्छ भने रातो रंगको प्रयोग गर्नुहोला । आजको लागि शुभ अंक २ र ५ रहेकोछ भने ॐ भालचन्द्राय नम ः मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ ।
कन्या :
पञ्चम भावमा गोचर गर्ने चन्द्रमाले पढाई लेखाईमा अलि बढि मेहनेत गर्दा उत्कृष्ट नतिजा आउनेछ । सम्बन्धित व्याक्तिहरुलाई रिजाएर रोकिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ । गुरुजन तथा सन्तानको सुझाब आजको लागि फलदायि रहनेछ । आज हरियो रङको प्रयोग गर्नुहोला । आजको लागि शुभ अंक ३ र ६ रहेकोछ भने ॐ चित्तरुपाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने दिन फलदायि रहनेछ ।
तुला :
चौथो भावमा गोचर गर्ने चन्द्रमाले आमा तथा अग्रजको सल्लाह लिएर अगाढि बढ्नु भयो भने अवश्य पनि गन्तव्य पहिल्याउन सहज हुनेछ । आजको अन्य काम भन्दा पनि कृषि तथा पशुपालन व्यावासय फस्टाएर जानेछ । पारिवारिक मतभेदले कुनै पनि निर्णय गर्न गाह्रो पर्नेछ । सेतो तथा खरानि रङको प्रयोग गर्नुहोला । आजको लागि शुभ अंक ४ र ७ रहेकोछ भने ॐ सर्वविद्याय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ ।
बृश्चिक :
पराक्रम भावमा गोचर गर्ने चन्द्रमाले दाजुभाई तथा छिमेकिको सहयोग लिएर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । छोटो यात्रा गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन उत्तम रहेकोछ । न्यायिक निकायबाट आउँने आजको फैसला तपाईको पक्षमा आउनेछ । शुभ रङ हरियो रहेकोछ । ॐ सिद्धिविनाएक नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला । ५ र ९ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ ।
धनु :
धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापारमा थोरै धन सम्पति प्रयोग गर्दापनि आर्थिक रुपमा सुदृड हुन सक्नुहुनेछ । आफन्त तथा परिवारका साझ रमाईलो वातावरणमा दैनिकी वित्नेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पहेलो रङ प्रयोग गर्नुहोला । ॐ जटाधराय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने शुभ अंक १ र ९ रहेकोछ ।
मकर :
पहिलो भावमा गोचर गर्ने चन्द्रमाले व्यापार लगाएत अन्य क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बिलाशि बस्तुको खरिद तथा बिक्री गर्नु आजको दिन उत्तम रहेकोछ । सामाजिक कामहरु आजको दिन शुरुवात गर्नुहोला । खरानि रङ प्रयोग गर्नुहोला । ॐ नम शिवाय मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने २ र ६ अंकको प्रयोगले आजको दिन शुभ रहेकोछ ।
कुम्भ :
खर्च भावमा गोचर गर्ने चन्द्रमाले विदेशी लगानिबाट सञ्चालित सस्थामा प्रयास गर्दा नोकरि पाईनेछ । विदेशमा उत्पादित सामानको व्यापारमा फस्टाएर जानेछ । कुटनितिको क्षेत्रमा समय दिनेहरुका लागि समयले साथ दिनेछ । निलो रङको प्रयोग गर्नुहोला । ॐ शुपकर्णाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । २ र ५ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ ।
मिन :
आए भावमा गोचर गर्ने चन्द्रमाले लामो समयदेखि पुरा गर्न नसकेका कामहरु आज सम्पन्न गर्न सकिनेछ । शिक्षा पेशा तथा सरकारि स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन सम्पति जोड्न सकिनेछ । सुन्तला रङ प्रयोग गर्नुहोला । ॐ सहस्रपादय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ । ३ र ४ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

