Sunday 29th March 2026

पेट्रोल अभाव, पम्पहरुमा गाडीको लाइन

8 years अगाडी

काठमाडौँ, ५ असोज । काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । ठप्पै नभएपनि पेट्रोल पम्पहरुले चाहेजति डिजेल पेट्रोल दिएका छैनन् । काठमाडौँमा रहेका अधिंकाश पेट्रोल पम्पमा ठुलो लाइन लाग्न थालिसकेको छ ।त्यस्तै पोखरामा पनि ३ दिनदेखि पेट्रोलियम पदार्थ आएको छैन ।

दुई गतेदेखि डिजेल पेट्रोल केहीपनि आएको छैन, गण्डकी धवलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका उपमहासचिव मोहन सुवेदीले भने–केही दिनभित्र ठप्पै हुने अवस्था आउन सक्छ ।’

पोखरा सहित आसपासमा दैनिक डेढलाख लिटर पेट्रोल र ४ लाख लिटर डिजेल खपत हुन्छ । ट्यांकर चालकको आन्दोलनका कारण पेट्रोलियम पदार्थ आयात नभएको सुवेदीले बताए ।

पेट्रोलियम ब्यवसायीहरुले पनि पेट्रोलियम पदार्थको भण्डारणमा कमी भएकाले धेरै स्टक राख्न नसकेको बताएका छन् ।त्यस्तै देशका प्रमुख शहरहरुमा पनि पेट्रोलियम पदार्थको अभाव देखिएको छ । सरकारले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताएपनि प्रभावकारी कदम भने चाल्न सकेको छैन ।

          September 21, 2018 12:16 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...