प्रियंका र दीपिकापछि हलिउड जाने पालो टाइगर श्राफको
एजेन्सी। प्रियंका चोपडा र दीपिका पादुकोणपछि अब हलिउडमा जाने पालो टाइगर श्राफको हो। मुम्बई मिररका अनुसार हलिउड फिल्म सीरीज मार्टल कम्बेटका निर्माता लरेन्स केसेनाफ हलिउडबाट मुम्बई आएका थिए।
उनी बलिउड आउनु पछाडिको कारण टाइगर श्राफ रहेको बताइएको छ। लरेन्स टाइगरसँग आफ्नो नयाँ प्रोजेक्टका विषयमा कुरा गर्न बलिउड आएका हुन्।
बलिउडका चर्चित भिलेन गुलशन ग्रोवरका छोरा संजय ग्रोवर पनि यो प्रोजेक्टमा काम गर्दैछन्। भारतीय संचारमाध्यमका अनुसार यो प्रोजेक्टसँग विगत एक वर्षदेखि जोडिएका संजयले नै लरेन्सलाई टाइगरको नाम सिफारिस गरेका थिए।
टाइगर र संजय स्कुलमा सँगै पढेका थिए। र लरेन्सले जब संजयलाई नयाँ स्क्रिप्ट सुनाए तब उनले नयाँ अनुहारको नाम सिफारिस गरे, जसमध्ये पहिलो नाम टाइगरको थियो।
संचारमाध्यमका अनुसार लरेन्स र उनको टीम टाइगरसँग भेटेर निकै प्रभावित भएको छ। उनीहरुलाई टाइगरको इन्टरनेशनल लुक मात्र होइन, मार्शल आर्टस्मा ट्रेण्ड हुनु पनि प्लस प्वाइन्ट भयो। त्यसो त टाइगर बलिउडमा पनि निधै व्यस्त छन्। उनी चाँडै करण जोहरको फिल्म ‘स्टूडेन्ट आफ द इयर–२’ मा देखिँदैछन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग