Sunday 29th March 2026

कञ्चनपुरमा फेरी ७ वर्षीय बालिका बलात्कृत

8 years अगाडी

कञ्चनपुर, ५ असोज । कञ्चनपुरको कृष्णपुर नगरपालीकामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १० वर्षीय बालकलाई पक्राउ गरेको छ । बिहीवार साँझ स्थानीय विद्यालय हाताभित्रै ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बालकलाई पक्राउ गरेको हो

स्थानीयले नै बालकले बालिकालाई बलात्कार गरेको आरोप लगाउदै प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय गुलरीयाका प्रहरीको टोलीले बलात्कारको आरोप लागेका बालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।पीडित र पिडक दुवैलाई कार्यालयमा ल्याएर अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

          September 21, 2018 12:44 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...