Sunday 29th March 2026

भियतनामका राष्ट्रपतिको निधन

8 years अगाडी

एजेन्सी, ५ असोज । भियतनामका राष्ट्रपति त्रान दाई क्वाङको शुक्रबार निधन भएको त्यहाँको राज्य सञ्चालित टेलिभिजनले र रेडियोले जानकारी दिएको छ । ६१ वर्षीय राष्ट्रपतिको गम्भिर विमारीका कारण हानोईस्थित सैनिक अस्पतालमा निधन भएको हो ।

देशको सेरेमानियल राष्ट्रपतिको रुपमा रहेका क्वाङ त्यहाँको तीन सर्वोच्च नेतामध्ये एक थिए । उनी उक्त पदमा अप्रिल २०१६ मा चुनिएका थिए । त्यस अघि उनले देशको सार्वजनिक सुरक्षा मन्त्रालय सम्हालेका थिए ।

भियतनाममा कुनै सर्वोच्च शासक नभएको कारण देशको आधिकारिक नेतृत्व राष्ट्रपति, प्रधानमन्त्री र कम्युनिष्ट दलका प्रमुखले गर्ने गर्छन् । विज्ञहरुका अनुसार त्यहाँको राष्ट्रपति पद धेरै हदसम्म सेरेमोनियल हुन्छ ।

          September 21, 2018 1:46 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...