सक्दो शेयर गरौ,हाम्रै देशको एशियाकै लामो र अग्लो झोलुङ्गे पुल
पर्वत जिल्लाको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनेको तीनसय ५९ मिटर लामो र एक सय ५७ मिटर उचाइको झोलुङ्गे पुललाई एशियाकै लामो र अग्लो भएको दावी गरिएको छ । मोदीखोलाको खोँचमा निर्माण भएको सो झोलुङ्गे पुल सिङ्गल स्पानबाट निर्माण गरिएको हो ।
निर्माण कम्पनी ‘मुक्तिनाथ एण्ड ओम गिता जेभि’ले स्थानीयको सहयोग र निर्माण सामाग्रीको सहजताका कारण निर्धारित समयभन्दा चार महिना अगाडि नै पुलको निर्माण सम्पन्न भएको छ । स्थानीय पुर्वाधार विकास तथा कृषि सडक बिभाग (डोलिडार) अन्तर्गत झोलुङ्गे पुल महाशाखाको लगानीमा निर्मित पुलको लागत एक करोड ७६ लाख ९९ हजार छ ।मुडिकुवाका सामाजिक कार्यकर्ता ऋषिकेश तिवारीको अगुवाईमा चार वर्षअघि सर्भे गरिएको पुल स्थानीय विकास मन्त्रालयको लगानीमा निर्माण भएको हो ।
पुल बनेपछि मुडिकुवा, शंकरपोखरी, थापाठाना, देबिस्थान, खानीगाउँ सहित दक्षिण पर्वतका दुई दर्जनबढी गाविसका साथै बाग्लुङ र गुल्मीसमेतका केही गाविसबासीलाई पैदल हिड्दा करिब दुई घण्टा लाग्ने बाटो पुलले केही मिनेटमै छोट्याएपछि सर्वसाधारणहरु प्रसन्न छन् ।२०६६ सालमा निर्मित कुश्मा–ज्ञादी तीन सय ४४ र गत ७२ असोजमा निर्मित कुश्मा–कैया पुल तीन सय ४७ मिटर लम्बाई र एक सय ४६ मिटर उचाईका छन् । कुश्माका तिनवटै पुल मुलुककै अग्लामध्येका पहिलो, दोस्रो र तेस्रो हुन् ।
June 14, 2018 11:14 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने