शाहरुख खानकी छोरी र अमिताभ बच्चनका नातिबीच यस्तो गहिरो कनेक्सन
एजेन्सी । बलिउडमा आउनुभन्दा अगाडि नै शाहरुख खानकी छोरी सुहाना मिडियामा छाइरहेकी छन् । भर्खर जवानीमा प्रवेश गरेकी उनको हरेक गतिविधिलाई भारतीय मिडियाले पछ्याइरहेका हुन्छन् ।
यसबीच सुहानाको एक युवकसँगको निकटताबारे ब्यापक चर्चा हुन थालेको छ । यी युवक अरु कोही नभएर अमिताभ बच्चनका नाति अगस्त्य नन्दा हुन् । उनी अमिताभकी छोरी श्वेता बच्चन नन्दाका जेठा छोरा हुन् ।
सुहाना मिडियामा छाइरहँदा अगस्त्य भने लाइमलाइटबाट परै छन् । उनी अहिले लन्डनको एक कलेजमा पढिरहेका छन् । सुहानासँग उनको दोस्ती कहिले र कसरी भयो भन्ने प्रष्ट भएको छैन, तर उनीहरु तस्वीरमा निकै निकट देखिन्छन् ।
हालै सुहानाले इन्टाग्राममा अगस्त्यसँगको तस्वीर पोष्ट गरेकी छन् । यो तस्वीरबाट फेरि एकपटक उनीहरुको सम्वन्धबारे विभिन्न अड्कल गर्न थालिएको छ । धेरैले उनीहरु प्रेममा रहेको आशंका पनि गरेका छन् । किनकी यसअगाडि पनि उनीहरु बारम्बार सँगै देखिएका थिए ।
September 22, 2018 10:50 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग