शाहरुख खानकी छोरी र अमिताभ बच्चनका नातिबीच यस्तो गहिरो कनेक्सन
एजेन्सी । बलिउडमा आउनुभन्दा अगाडि नै शाहरुख खानकी छोरी सुहाना मिडियामा छाइरहेकी छन् । भर्खर जवानीमा प्रवेश गरेकी उनको हरेक गतिविधिलाई भारतीय मिडियाले पछ्याइरहेका हुन्छन् ।
यसबीच सुहानाको एक युवकसँगको निकटताबारे ब्यापक चर्चा हुन थालेको छ । यी युवक अरु कोही नभएर अमिताभ बच्चनका नाति अगस्त्य नन्दा हुन् । उनी अमिताभकी छोरी श्वेता बच्चन नन्दाका जेठा छोरा हुन् ।
सुहाना मिडियामा छाइरहँदा अगस्त्य भने लाइमलाइटबाट परै छन् । उनी अहिले लन्डनको एक कलेजमा पढिरहेका छन् । सुहानासँग उनको दोस्ती कहिले र कसरी भयो भन्ने प्रष्ट भएको छैन, तर उनीहरु तस्वीरमा निकै निकट देखिन्छन् ।
हालै सुहानाले इन्टाग्राममा अगस्त्यसँगको तस्वीर पोष्ट गरेकी छन् । यो तस्वीरबाट फेरि एकपटक उनीहरुको सम्वन्धबारे विभिन्न अड्कल गर्न थालिएको छ । धेरैले उनीहरु प्रेममा रहेको आशंका पनि गरेका छन् । किनकी यसअगाडि पनि उनीहरु बारम्बार सँगै देखिएका थिए ।
September 22, 2018 10:50 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :