अर्जनु कपुर लेखे भावुक स्टाटस्ब, बहिनी गम्भीर बिरामी भएपछि नेपालबाट मुम्बई हानिए
काठमाडौँ । खबर बिहीबारको हो। केही दिनदेखि बलिउडका नायक अर्जुन कपूर फिल्म सुटिङ्का लागि नेपाल आएका छन्। यहि सयममा उनकी कान्छी बहिनी अंशुला सिकिस्त विरामी भएको खबर आयो। यो खबर सुन्नासाथ नायक अर्जुन कपूर आफ्नो करोडौँको फिल्म छाडेर पोखराबाट मुम्बई पुगेका छन्। बहिनी बिरामी भएको खबर पछि उनी यति भावुक भए जुन उनले फेसबकमा शेयर गरेका छन्।
अर्जुनले लेखेका छन्, बहिनी बिरामी भएको सुनेर म सबैभन्दा बढि दुखी भएको छु र आमालाई सबैभन्दा बढी सम्झीरहेको छु। आज मेरा सारा खूशी हराएका छन् किनकी आज मेरी कान्छी बहिनी बिरामी छ। पछिल्लो एक सातादेखि उसको स्वास्थ्य ठिक छैन। यहि कारणले पनि आज मैले मेरी आमालाई निकै सम्झी रहेको छु।
अर्जुनका लागि परिवार सबैभन्दा पहिलो हो भन्ने यस अगाडि पनि उनले पुष्टी गरिसकेका छन्। उनले अगाडि लेखेका छन्, म सुटिङ्का लागि नेपालको पोखरामा थिए । यता बहिनी बिरामी भएपछि म सहयोग बिनाको बनेँ। कलाकारको भूमिकामा प्रोफेशनल हुने कोसिस गरे किनकी म यस्तै हुनुपर्छ।
उनले आफुँले यस हप्ता सबै समस्याको समाधान गर्न सकेकाले आफ्नो परिवार आफुँसँग रहेको पनि बताएका छन्। परिवार नभए आफु मात्रै हुँदा यो जिन्दगी नै बेकार हुन्छ उनले भनेका छन्। नायक अर्जुन कपूरकी आमाको मृत्यु भएको ६ वर्ष पुगेको छ। भारतीय मिडियाका अनुसार जब उनका बाबु बोनी कपूरले जेठी श्रीमती मोना कपूरलाई छोडेर श्रीदेवीसँग दोस्रो बिहे गर्दा उनी निकै रिसाएका थिए।
September 22, 2018 11:29 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग