१० वर्षे बालिका बलात्कार गर्ने पुरुषलाई १६० वर्षको जेल
एजेन्सी, ७ असोज । अमेरिकाको एउटा अदालतले दश वर्षको बालिकालाई बलात्कार गर्ने एक पुरुषलाई १६० वर्षको जेल सजाय सुनाएको छ ।अमेरिकी अखबार वासिङ्टन पोस्टको अनुसार निकोलस डिओन नाम गरेका ती ३४ वर्षीय पुरुषले धेरैपटक पीडित दश वर्षिया बालिकालाई बलात्कार गरेका थिए । पीडित बालिका ती पुरुषकी प्रेमिकाकी छोरी हुन् । साथै अदालतले १३६ वर्षसम्म ती पुरुषलाई अस्थाई फुकुवा पनि नमिल्ने फैसला सुनाएको छ ।
उक्त मामिलामा अदालतले पूरै दुई वर्षसम्म सुनुवाई गरेको थियो । यसबीच पीडित बालिकाले एउटा बच्चालाई पनि जन्म दिएकी छिन् ।उक्त मामिलाको छानबिनमा ती पुरुषले बालिकामाथि दशभन्दा धेरैपटक बलात्कार गरेको पाइएको छ । पहिलोपटक बालिकामाथि बलात्कार गर्दा उनी मात्र आठ वर्षकी थिइन् । घटनापछि आफुलाई बचाउनका लागि ती पुरुषले उल्टै पीडित बालिकाकी आमामाथि जबरजस्ती बालिकाको शरीरमा आफ्नो शुक्रकिट राखिदिएको आरोप लगाएका थिए ।
उनले आफुले कहिले पनि बालिकासँग सम्बन्ध नबनाएको बताएका थिए ।ती बालिका आफ्नी आमासँग अल्टान्टामा बस्छिन् । उनी अहिले १२ वर्षकी भइन् । २०१७ मा उनले एउटा छोरोलाई जन्म दिएकी थिइन् । अहिले अदालतले पीडित बालिकाको आमाविरुद्ध पनि अपराध लुकाएको र अपराधमा साथ दिएको आरोपमा मुद्दा चलाइरहेको छ ।
September 23, 2018 12:44 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय