Friday 27th March 2026

क्रेनको ठक्करबाट नायब सुब्बाको निधन

8 years अगाडी

इलाम, ७ असोज । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ ।इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा अाइतबार बिहान ९ः४५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना १ क ३७२९ नंको जेसिबी क्रेनले पछाडिबाट कोइराला चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते कोइरालाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा निधन भएको सुरुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टेकहादुर बस्नेतले बताए ।क्रेनको ठक्करबाट कोइराला चढेको मे ५ प ६६६४ नंको मोटराइकल क्षतविक्षत भएको छ । क्रेनका चालक फरार छन् ।

          September 23, 2018 1:44 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...