Sunday 21st December 2025

रणबीर कपुरले रणवीर सिंहलाई दिए यस्तो च्यालेन्ज

7 years अगाडी

एजेन्सी,  असोज । बलिउड अभिनेता रणबीर कपुरले अर्का अभिनेता रणवीर सिंहलाई एउटा यस्तो जटिल कामको चुनौती दिएका छन् जसलाई गर्न अक्षय कुमारजस्ता मार्सल आर्टस कलाकार पनि असफल भैसकेका छन् । त्यो हो सियो धागो च्यालेन्ज । जसलाई रणबीरले भने पास गरेका छन् । २८ सेप्टेम्बरमा बरुण धवन र अनुष्का शर्माको फिल्म सुई धागा रिलिज हुँदैछ । यस फिल्मको प्रोमोशनका लागि अहिले सामाजिक सञ्जालमा सियो धागो च्यालेन्ज चलाइएको छ जसमा सेलिब्रेटिहरु एक अर्कालाई सियोमा धागो छिराउने च्यालेन्ज दिँदैछन् ।

वरुणको आग्रहमा अक्षय कुमारले यस च्यालेन्जलाई शुरु गरेका थिए र उनले आफ्नो एउटा भिडियो पोस्ट गरेका थिए जसमा उनी सियोभित्र धागो छिराउने प्रयास त गर्छन् तर असफल रहन्छन् ।हालै बरुणले करण जोहर र रणबीर कपुरको एउटा भिडियो पोस्ट गरेका छन् जसमा ती दुई सियो भित्र धागो छिराउने प्रयास गरिरहेका देखिएका छन् । यो रमाइलो च्यालेन्जमा करण असफल रहन्छन् तर रणबीर भने सफल हुन्छन् । यसै क्रममा भिडियो मार्फत यस कामका लागि करण अभिनेत्री दिपिका पादुकोणलाई च्यालेन्ज गर्छन् भने रणबीर दिपिकाका प्रेमी अभिनेता रणवीरलाई च्यालेन्ज गर्छन् । रोचक कुरा चुनौतीका लागि सधै तयार रहने रणवीर यस च्यालेन्जमा पनि संलग्न भएका छन् ।

          September 25, 2018 12:44 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...