Tuesday 23rd December 2025

ज्याकलिनको आँखामा कहिल्यै निको नहुने चोट

8 years अगाडी

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डीज फिल्म ‘रेस ३’ मा सलमान खानका साथ देखिनेछिन् ।  ‘रेस ३’ एक्सनमा आधारित फिल्म हो ।

यस फिल्मको एक्सन सिन छायांकनको क्रममा अभिनेत्री ज्याकलिन घाइते भएकी थिइन् । अबुधाबीमा एक्सन सिनको छायांकनका क्रममा ज्याकलिनको आँखामा चोट लागेको थियो । चोट लागे लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अब ज्याकलिनको आँखा कहिल्यै पनि निको हुनेछैन ।

ज्याकलिनले उनको इन्स्टाग्राममा एक तस्बिर सेयर गरेकी छिन् । जुन तस्बिरमा उनको आँखा नजिकबाट देखिएको छ । उनले तस्विरको क्याप्सनमा लेखेकी छिन ‘यो चोट सदाको लागि रहनेछ । अब मेरो आँखाको आइरिस कहिल्यै गोलो आकारको हुनेछैन । तर म धन्य छु कि म देख्न सक्छु । ’

          June 14, 2018 12:42 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...