मृत्युपछि पनि ट्वीटर चलाइरहेकी छन् श्रीदेवी, मृत्युपछि च्याट गर्ने बारे सनसनीपूर्ण खुलासा
एजेन्सी। पछिल्लो समयमा सामाजिक संजालको लोकप्रियता निकै बढेर गएको छ। सामाजिक संजालको धेरै फाइदा भएजस्तै यसका धेरै प्रकारका वेफाइदा पनि छन्। जुन निकै खतरनाक सावित हुनसक्छ। फेसबुक सामाजिक संजालको सबैभन्दा शक्तिशाली र प्रभावशाली प्लेटफार्म हो।फेसबुकमा हामीले एकसे एक ज्ञानवद्र्धक र महत्वपूर्ण जानकारी पनि पाउँछौं भने अर्कोतर्फ फेसबुकमा साम्प्रादायिक भिडियो, अडियो र फोटोले धेरै विनास पनि निम्त्याएका छन्। तर आज हामी तपाइँलाई फेसबुकका बारेमा यस्तो जानकारी दिन गइरहेका छौं जसलाई विश्वास गर्न निकै कठिन हुन्छ।
के तपाइँलाई मानिसहरुले फेसबुकका माध्यमबाट मरेका मानिससँग पनि च्याट गर्न सकिन्छ भन्ने कुरामा विश्वास लाग्छ? केही दिन अगाडि यस्तो घटना सार्वजनिक भएको छ। जसले गर्दा धेरै मासिको होस उडेको छ। २४ फेब्रुअरी २०१८ मा निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको सामाजिक संजाल ट्वीटर अकाउन्टमा निरन्तर हलचल भइरहेको छ।
एक हिन्दी वेबसाइटका अनुसार श्रीदेवीको निधन भएको चार दिनपछि एक ट्वीट गरिएको छ। त्यतिमात्रै होइन, श्रीदेवीको ट्वीटरबाट उनकी छोरीकालागि पनि ट्वीट गरिएको छ। मदर्स डे र जाह्नवीको फिल्म रिलीज हुँदा पनि श्रीदेवीको ट्वीटरबाट ट्वीट गरिएको छ। ट्वीटर प्रयोगकर्ताले पनि यी ट्वीटलाई मन पराउँदै शेयरसमेत गरेका छन्। आखिर श्रीदेवीको ट्वीटर कसले चलाइरहेको छ भन्ने प्रश्नको जवाफ अहिलेसम्म भेटिएको छैन।
एक तथ्यांकका अनुसार सामाजिक संजाल फेसबुकमा करिव तीन करोडभन्दा धेरै खाता मृत्यु भएका मानिसको छ। तथ्यांकका अनुसार प्रतिदिन आठ हजार फेसबुक प्रयोगकर्ताको कुनै न कुनै कारणबाट निधन हुने गरेको छ। यसबाट के अनुमान लगाउन सकिन्छ भने आगामी ४० वर्षपछि फेसबुकका कुल जिवित प्रयोगकर्ताभन्दा दुई गुणा बढी अकाउन्ट मृतक प्रयोगकर्ताको हुनेछ। तपाइँको फ्रेण्डलिस्टमा यस्ता पनि साथी होलान् जो यो दुनियामा नै छैनन्।
September 26, 2018 12:27 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग