Friday 27th March 2026

फेसबुकले ल्यायाे नयाँ फिचर, यूट्यूबलाई दिन्छ टक्कर ?

8 years अगाडी

बीबीसी। सामाजिक संजाल फेसबुकले विश्वभर आफ्नो वाच भिडियो–स्ट्रीमिङ सर्भिस लञ्च गर्ने भएको छ। अमेरिकामा यो सेवा एक वर्षदेखि चलिरहेको छ।यो सेवाले फेसबुक प्रयोगकर्तालाई धेरै विकल्प दिन र आफूलाई मन पर्ने विकल्प प्रयोगकर्ताले चुन्न सक्ने बताइएको छ। यसमा ठूला ब्राड्स र नयाँ प्लेयर दुवैको शो हेर्न मिल्छ। त्यस बाहेक न्युज फीडमा सेभ गरिएका सबै क्लिप पनि यहाँ हेर्न सकिन्छ।

दर्शकले जुन भिडियो धेरै हेर्छन उक्त भिडियोलाई विज्ञापन दिइन्छ। अहिलेसम्म केही चर्चित पब्लिशरलाई मात्र फाइदा भएको छ। सुरुवातमा बेलायत, अमेरिका, आयरल्याण्ड, अस्ट्रेलिया र न्युजील्याण्डमा देखाइने भिडियोमा मात्र यी सबे सेवा उपलब्ध हुनेछन्।भिडियोबाट हुने फाइदा भिडियो निर्माता र फेसबुकलाई बाँडिनेछ। निर्माताले ५५ प्रतिशत र फेसबुकले ४५ प्रतिशत पैसा पाउनेछन्।  फेसबुकले बुधवार नै यो सेवा सुरु हुने मिति सार्वजनिक गर्ने तयारीमा थियो। तर यो जानकारी लिक भएपछि मिति घोषणा गर्ने कार्यक्रम पछि सरेको छ। त्यही कारण केही प्रयोगकर्ताले यो पेज हेर्न पाएका छैनन्।

फेसबुक वाच सर्भिसलाई गूगलको यूट्युवको प्रतिद्वन्द्वी भएको बताइएको छ।  तर यसले केवल यूट्यवको मात्रै होइन पारम्परिक टिभी च्यानल र अनलाइन आउटलेट जस्ता नेटफ्लिक्स, अमेजन भिडियो, बीबीस् आईप्लेयर र फेसबुकको आफ्नो इन्स्टाग्राम टिभीलाई पनि टक्कर दिँदैछ।गत हप्ता सार्वजनिक भएको एक अध्ययन अनुसार अमेरिकी नागरिकले सुरुवाती दिनमा नै फेसबुकको यो वाच भिडियोलाई निकै रुचाएका छन्।डिफ्युजन समूहले १,६३२ वयस्क फेसबुक प्रयोगकर्तासँग यो विषयमा प्रश्न सोधेको थियो।जसमध्ये ५० प्रतिशतले वाच भिडियोका बारेमा कहिल्यै नसुनेको जवाफ दिएका थिए। जबकि २४ प्रतिशतले अन–डिमाण्ड सर्भिसको बारेमा जानकारी भएको तर यसको प्रयोग नगरेको जवाफ दिएका थिए। केवल १४ प्रतिशतले मात्र हप्तामा एक पटक सो सेवाको प्रयोग गरेको जवाफ दिएका थिए।यद्यपी अर्को एक सोध रिपोर्टका अनुसार फेसबुकको वाच भिडियोलाई लाखौं प्रयोगकर्ताले हेरेका छन्। केही मानिस उक्त भिडियोलाई बारम्बार हेर्न चाहन्छन्।
फेसबुकले न्युज हटाउँदैन
जसमध्ये केही नाम यस्ता छन्।  :  जेडा पिंकेट स्मिथ, जो टक शो रेड टेबल टकमा काम गरिरहेकी छन्। एलिजाबेथ ओल्सेन ‘सरी फर योर लस’ ड्रामामा देखिने भएकी छन्। यो ड्रामालाई आगामी महिना प्रिमियर  गरिने भएको छ। ब्रिटिकश एडभेन्चरर बेयर ग्रिल्स रियालिटी शो ‘फेस द वाइल्ड’ लाई होस्ट गर्दैछन्।

फेसबुकले आफ्नो सेवाले प्रयोगकर्तालाई मनारोञ्जन प्रदान गर्न सहयोग पुग्ने विश्वास लिएको छ। फेसबुकमा भिडियोका भाइस प्रेसिडेन्ट फुड्जी सिमो भन्छिन्, ‘कन्टेन्टलाई लिएर तपाइँ साथी, अन्य फ्यान र स्वयं निर्मातासँग कुराकानी गर्न सक्नुहुन्छ।’ वाच पार्टी फिचरका विषयमा उनी भन्छिन्, ‘यो फिचरको सहयोगबाट दुई जना एक साथ शोलाई हेर्न सक्छन्। यस बाहेक इन्गेजमेन्ट बढाउनकालागि निर्माता पोल, च्यालेन्स र क्विज चलाउन सक्छन्।’

          September 26, 2018 12:37 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...