मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भीषण आगलागी
मोरङ। मोरङस्थित अरिहन्त कार्टुन फ्याक्ट्रीको गोदाममा भीषण आगलागी भएको छ। मोरङको बुढीगंगा गाउँपालिका–३ मा रहेको अरिहन्त कार्टुन फ्याक्ट्रीको एक गोदाममा गएराति करिव १० बजेबाट सल्किएको आगो बुधबार विहान करिव ६ बजेतिर नियन्त्रणमा लिइएको हो। आगलागीमा गोदाममा राखिएको मेसिन, कच्चा पदार्थ र तयारी सामान जलेर नष्ट भएको फ्याक्ट्रीका निर्देशक पंकजकुमार लुनियाले जानकारी दिए।
हंशराज जैन, पारश लुनिया र गिरिस लुनियाको स्वामित्वमा रहेको सो फ्याक्ट्रको गोदाममा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो। आगो लागेको ५ मिनेटभित्रै स्थानीयको सहयोगमा आगो नियन्त्रणका लागि प्रयास गरिएको पनि निर्देशक लुनियाले बताए।
आगो नियन्त्रणका लागि पूर्वाञ्चलस्थित दमक, धरान, इटहरी, विराटनगरलगायतका दमकल प्रयोग गरिएको थियो। आगलागी विद्युत सर्ट भइ लागेकोे हुन सक्ने आशंका गरिएको छ। आगो फैलन नदिन उच्च सतर्कता अपनाइएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए। उनले फ्याक्ट्रीमा आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको बताए।
आगलागीबाट सो फ्याक्ट्रीको ६ वटा गोदाम प्रभावित भएको छ। यो फ्याक्ट्रीबाट चाउचाउ, वियर, जुसलगायतका प्याकेजिङका कार्टूनहरु उत्पादन हुने गर्दछ। आगलागीबाट फ्याक्ट्री परिसरमै रहेको महालक्ष्मी वायर एण्ड केबल इन्डष्ट्रिज भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।
June 14, 2018 1:30 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने