Wednesday 10th September 2025

जाँचिहेरौँ,कति छ तपाईंमा आत्मविश्वास ?

7 years अगाडी

जीवन संघर्ष हो । संघर्षको अवस्थाले नै हामीभित्र लुकेको आत्मविश्वासलाई जगाउँछ । केहीले यसलाई पहिचान गरी बाधा-व्यवधानलाई पार गरी अगाडि बढ्छन् भने केही मानिस त्यही अलमलमा फस्छन् । अगाडि त बढ्ने तर कसरी । कठिन समयमा आत्मविश्वासलाई पहिचान गर्ने व्यक्तिले नै सही अर्थमा जीवन जिउँछ ।समाजमा त्यस्ता थुप्रै व्यक्ति छन् जोसँग योग्यता एवं कार्यकौशल त छ तर उनीहरू असफल छन् । यस्ता व्यक्ति मनबाट मजबूत भएर पनि कठिन परिस्थितिमा कमजोर हुन पुग्छन् । त्यही जीवनमा विषम परिस्थितिहरूबाट पार लाग्ने उत्साहले नै व्यक्तिलाई उसको लक्ष्यसम्म उभ्याउँछ । तपाई आफ्नो खुबीहरूबाट राम्ररी परिचित हुनुहुन्छ र आत्मविश्वासका साथ अघि बढ्ने पनि सोच्नुहुन्छ र कठिन समयमा त्यो विश्वासका साथ कसरी अगाडि बढ्ने भन्ने पनि सोच्नुहुन्छ तर कठिन समयमा त्यो विश्वासका साथ अगाडि बढ्न भने सक्नुहुन्न भने तपाईंले आफ्नो कन्पिmडेन्स लेवल जाँच गर्नु आवश्यक छ । केकस्ता कुराले निर्धारण गर्छ त कन्पिmडेन्स लेभल ? हेरौँ,

 

संकोच  : तपाईं आफ्नो काममा निपुण हुनुहुन्छ र समयमै काम गर्नुहुन्छ तर आफ्नो सहकर्मीहरूसँग कुराकानी गर्न संकोच मान्नुहुन्छ । कसैसित घुलमिल हुनबाट डराउनुहुन्छ र मद्दतपूर्व धेरे सोच्नुहुन्छ भने तपाईमा आत्मविश्वासको कमी छ भन्ने बुझिन्छ । संकोची बानीले आत्मविश्वासलाई धेरै हदसम्म कम गर्छ सफलता प्राप्त गर्नका लागि आफ्नो काममा निपुण हुनु जति आवश्यक छ, त्यति नै अवाश्यक  अरूको साथमा राम्ररी तालमेल बसाउनु संकोची व्यक्तिका बारेमा प्रायः सबैले नकारात्मक सोच्छन् र उसबाट दूरी बनाउँछन्, जब कि आत्मविश्वास कायम राख्नका लागि सहयोगी आवश्यक छ ।

स्वयंका लागि समय : तपाईको सहकर्मी वा घरका अन्य सदस्य हरेक काम तपाईलाई दिएर निश्चिन्त हुन्छन् र तपाई केही नभनी चुपचाप ती काम पूरा गर्न अग्रसर हुनुहुन्छ भने तपाई आफ्ना लागि स्टयाण्ड लिन जानुहुन्न भन्ने बुझिन्छ । यस्तो स्वभावले आत्मविश्वास कम गराउँछ । अरूको मद्दत गर्नु राम्रो हो तर स्वयंलाई नै नोक्सान पुर्‍याउनु वा आफ्ना लागि आवाज नउठाउनु पनि एक प्रकारको अवगुण नै हो । तसर्थ यस्तो बानीबाट छुटकारा प्राप्त गर्नु अत्यावश्यक छ । जबसम्म नाइँ भन्ने कला सिकिँदैन तबसम्म आत्मविश्वास छ भन्ने कुरा मान्न सकिँदैन ।

निडरता : आत्मविश्वासका लागि निर्भयता वा निडरता आवश्यक पर्छ । तपाई सबैसित राम्ररी प्रस्तुत पनि हुनुहुन्छ र सबै काम राम्ररी गर्न पनि जान्नुहुन्छ तर जब कुनै काम एक्लैले गर्नुपर्ने हुन्छ, त्यतिबेला अघि बढ्न डराउनुहुन्छ भने आत्मविश्वासको कमी हो भन्ने बुझ्नुपर्छ । प्रत्येक कुरामा अरूको मद्दत चाहनु वा हरेक काम सोधेर अथवा मार्गदर्शन प्राप्त भएपछि मात्र गर्ने बानी आत्मविश्वास कम छ भन्ने कुराको प्रमाण हो । यस्तो बानीले अवगुण वृद्धि गराउँछ । यस्तो बानी भएका व्यक्तिलाई हरेकले संशयको दृष्टिले हेर्छन्, पूर्ण विश्वास गर्न सक्दैनन् जब कि जीवनमा अघि बढ्न स्वयंलाई प्रमाणित गर्नुपर्ने आवश्यकता हुन्छ । तसर्थ अतः आफूलाई प्रमाणित गर्न तथा प्राप्त अवसर नगुमाउन पनि निडरता आवश्यक पर्छ ।

          June 14, 2018 1:43 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...