सुत्केरी गराउँदा पाठेघर सिलाइयो, परीक्षणबिनै औषधि चलाउँदा मृत्यु
काठमाडौँ, ११ असोज । चिकित्सकको चरम लापरबाहीका कारण एक महिला पीडामा बाँच्नुपर्ने भएको छ । सल्यानकी पार्वती गजुरेल महताराले परोपकार प्रसूति गृह थापाथलीमा १० वर्षअघि शल्यक्रिया गरेर पहिलो बच्चा जन्माएकी थिइन् । शल्यक्रियाका क्रममा चिकित्सकले पाठेघरको आधा भाग सिलाइदिएपछि उनको दोस्रो बच्चा जन्माउने चाहना अधुरै रहने भएको छ।
शल्यक्रिया गर्दा पाठेघरको आधा भाग सिलाएको पुष्टि भएपछि उनले प्रसूति गृह र शल्यक्रियामा संलग्न चिकित्सक डा. ज्योत्सना शर्माविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएकी छन् । पाठेघर आधा सिलाइएकै कारण अर्को बच्चा हुने सम्भावना टरेको संकेत उपचारमा संलग्न चिकित्सकले दिएका छन्।
पहिलो बच्चा जन्माउन शल्यक्रिया गर्दा उनलाई धेरैपटक पेट दुखेर रक्तस्राव हुन थाल्यो । पटकपटक स्वास्थ्य परीक्षण गराउँदा रोग पत्ता लागेन । त्यसपछि उनी ओम अस्पताल पुगिन् ।अस्पतालका चिकित्सक जागेश्वर गौतम र सुुपात्र कोइरालाले पाठेघरको आधा भाग सिलाइएका कारण अर्को बच्चा नहुने र सधैंभरि पेट दुखेर रक्तस्राव भइरहने रिपोर्ट गत असार १६ गते दिएपछि पार्वतीले डा. शर्मा र प्रसूति गृहविरुद्ध उजुरी गरेकी हुन्।
September 27, 2018 10:22 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय