Friday 27th March 2026

‘बलात्कारी’ को बयान : १० रूपैयाँ दिएर फकाउँदा नमानेपछि श्रीयाको घाँटी थिचेँ !

8 years अगाडी

पोखरा महानगरपालिका-२२ पुम्दीभुम्दीकी श्रीया विक (सुनार)को बलात्कारपछि हत्या अभियोगमा ३० वर्षीय कुसुम पौडललाई प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ओमबहादुर रानाले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका पौडेलले घटनामा आफू संलग्न रहेको स्वीकार गरेको बताए ।

छानबिन र अनुसन्धानका क्रममा घटनाको जानकारी हुनासाथ प्रहरीले केही घण्टाभित्रै शङ्कास्पद व्यक्ति पक्राउ गरेको उनले बताए । केरकारका क्रममा पौडेलले हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिए । यो खबर आज बिहिबार प्रकाशित ‘अन्नपूर्ण पोस्ट’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।प्रहरीका अनुसार सोमबार रक्सी र गाँजाले मातेर घर आउँदा पौडेलले बाटोमा श्रीयालाई भेटेपछि शुरुमा चकलेट खाऊ भनी पाँच रूपैयाँ दिएका थिए ।

‘त्यसपछि पुनः १० रूपैयाँ देखाई प्रलोभनमा पारी जबर्जस्ती गर्न खोजेँ’, पौडेलको बयान उद्धृत गर्दै रानाले भने, ‘श्रीयाले प्रतिकार गर्न खोजेपछि घाँटी थिचे र झाडीतिर फालिदिएँ ।’पौडेलले श्रीयालार्इ झाडीमा फालेपछि बलात्कार गरेका थिए । ‘झाडीमा फालेपछि घाँटी थिचेर बलात्कार गरी ढुङ्गाले हानी हत्या गरेँ’, पौडेलले बयानका क्रममा प्ररहरीसँग भनेका छन् ।

श्रीयाको बलात्कारपछि हत्याको विरोधमा स्थानीयवासीले बुधबारै विरोध जुलुससहित जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिए उनीहरूले हत्यारालाई हदैसम्मको कारवाही गर्न पनि माग गरेका छन् ।श्रीयाका छिमेकीसमेत रहेका ३० वर्षीय पौडेललार्इ अहिले कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

उनी श्रीया बस्दै आएको हजुरबाको घर नजिकैका बासिन्दा हुन् । श्रीया छिमेकी कुसुमको घर २ मिनेटको दुरीमा छ । उनका ४ वर्षीय बच्चा पनि छन् ।सोमबार साँझ बिस्कुट किन्न पसल गएकी श्रीया त्यही बेलादेखि हराएकी थिइन् ।मंगलबार बिहानै उनलाई घर नजिकैको झाडीमा अर्धनग्न अवस्थामा मृत भेटाइएको थियो ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले बालिकाको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्ट दिएपछि अभियुक्तको खोजी गर्ने क्रममा कुसुमलार्इ पक्राउ गरेको हो ।

          September 27, 2018 11:17 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...