वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई छात्रवृत्ति
काठमाडाैं, ११ असोज । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका वा पूर्ण रुपमा अशक्त भएका कामदारका छोराछोरीलाई सरकारले छात्रवृति उपलब्ध गराउने व्यवस्था छ । यो व्यवस्था आर्थिक बर्ष २०७३/०७४ बाट सुरु भएको हो । तर अझैपनि कतिपय पीडित परिवार सरकारी छात्रवृतिको पहुँचमा पुग्न नसकेको पाईएको छ ।
जलेश्वर, महोत्तरीका सुर्यकान्त दत्तले आफ्नो छोराको २०६७ सालमा कतारमा मृत्यु भएको र नाती नातिनालाई छात्रवृत्ति पाउने आशमा काठमाडाैं आएको बताए । तर उनले बैदेशिक रोजगार प्रर्वद्धन बोर्डबाट काम हुने आश्वासन मात्रै पाएका छन् । बोर्डकै सचिवालयमा मोरङको बुढीगंगा गाउँपालिकाबाट रेनुका चौधरी पनि आएकि थिईन् ।
बैदेशिक रोजगारीका लागि कतारमा पुगेका श्रीमान डेढ महिना अघि उतै बिते । अब चार वर्षका छोरीलाई कसरी पढाउने भन्ने चिन्ता उनलाई छ । रेनुकाले सरकारले दिने छात्रवृती बारे जानकारी नभएको बताईन् । वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले छात्रवृती दिन सुरु गरेको पहिलो वर्षमा १ हजार २ सय ५५ जनाले यो सुविधा लिएका थिए ।
गतवर्ष १ हजार ४ सय ३६ जनालाई छात्रवृति दिईएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए । तर अझैपनि धेरै पीडितले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा अशक्त भएका व्यक्तिको परिवारले पाउने छात्रवृतिबारे जानकारी पाएका छैनन् । सबैमा यो बिस्तारै जानकारी पुर्याईने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ ।
सरकारले आधारभुत तह, कक्षा १ देखि ८ सम्मलाई आठ हजार र माध्यमिक तह अर्थात कक्षा ९ देखी १२ सम्मलाई १२ हजार वार्षिक छात्रवृती प्रदान गर्दै आएको छ । १८ वर्ष मुनिका बालबालिकालाई प्रदान गरिने छात्रवृत्ती रकमका लागि आवेदकले मृतक वा अशक्तको पुष्टि हुनेगरि पुर्ण विवरण सहितको आवेदन विद्यार्थी अध्ययनरत सामुदायिक तथा संस्थागत विद्यालयमा दिनुपर्नेछ ।
September 27, 2018 11:33 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय