पाहुनाका लागि खुला देश नेपाल : पर्यटनमन्त्री अधिकारी
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि सधैँ नेपाल खुला देशका रूपमा रहेको बताए।नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलयमा बुधबार आयोजना गरेको ‘अतिथि देवो भवः पर्यटन वर्ष २०२०’ शुभारम्भका क्रममा उनले भने, “सधैँ खुशी रहेर अतिथिप्रति प्रेमभाव प्रकट गर्ने हाम्रो संस्कार हो तर पछिल्लो समयमा हामीले यो संस्कार भुल्दै गएका छौँ।” उक्त महासङ्घलाई सरकारको सहयोगी भएर काम गर्न, पर्यटन प्रवद्र्धनमा ध्यान दिएर यसलाई समृद्धि र विकाससँग जोड्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अधिकारीले महासङ्घले थालेको अभियानमा सरकारले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरे।
युएनडिपीका देशीय निर्देशक आइस्यानी लाबेले सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई सार्थक तुल्याउन र नेपालको अर्थतन्त्र बलियो बनाउन पर्यटन एक मूल आधार भएको बताए। “नेपालमा पर्यटन प्रवद्र्धनका क्षेत्रमा धेरै काम भइरहे पनि यस क्षेत्रको थप विकासका लागि शान्तिको स्थायित्व, आकर्षक वातावरण, मनोरञ्जन र सहज पहुँच हुन आवश्यक छ”, उनले भने।
नेपाल पर्यटन बोर्डका प्रबन्धक केबी शाहले मुलुकको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने खालका कार्यक्रममा महासङ्घको विशेष भूमिका हुनेुपर्नेमा जोड दिए। महासङ्घका अध्यक्ष धनीराम शर्माले सामाजिक र पेशागत दायित्व बोकेर मुलुकभर यो अभियान अघि बढाइने बताए। होटल एशोसियसन नेपाल (हान)का कार्यकारी प्रमुख टेकबहादुर महतले नेपाललाई कृषि, संस्कृति, स्वास्थ्य, जल, योग र आयुर्वेद पर्यटनका रूपमा विकास गर्न सकिने बताए। कार्यक्रममा देशभरिका डेडसय भन्दा बढी पर्यटन पत्रकारको सहभागिता थियो।
September 27, 2018 11:40 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय