‘इन्टु मिन्टु लण्डनमा’ काे व्यापार अब्बल, विदेशमा पनि उत्तिकै माग
काठमाडाैं – यही शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हो ‘इन्टु मिन्टु लण्डनमा’ । चलचित्रले राम्रो प्रदर्शन गरिरहेको छ । राजधानीको ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले मंगलबार १० शो दिँदा बुधबारका लागि १५ शो बाँडेको निर्देशक रेनशा बान्तवा राईको भनाइ छ । यस अर्थमा चलचित्रले मल्टिप्लेक्समा दर्शकको साथ राम्रो पाइरहेको मान्न सकिन्छ । सिंगल स्क्रीनमा भने आइतबारबाट दर्शकको उपस्थिति औसत रहेको निर्देशक राइको भनाई छ । बजारमा हालसम्मको कलेक्सन ४ करोड भएको भनेर समाचार आइरहेको भए पनि त्यो झुट भएको निर्देशक राइले बताइन् । हालसम्मको व्यापारलाई हेर्दा करिब ३ करोड पुग्न लागेको उनको भनाइ छ । नेपालको प्रदर्शनबाट कम्तिमा लगानी सुरक्षित गर्ने निर्माण टिमको विश्वास छ ।
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले अभिनेता धिरज मगरलाई डेब्यु चलचित्रले नै स्टार बनाएको छ । यता साम्राज्ञी राज्यलक्ष्मी शाहले फेरि एक पटक आफ्नो स्टारडम प्रमाणित गरेकी छन् । यता अभिनेता सारुक ताम्राकारका नाउँमा पनि एउटा सफल चलचित्र थपिएको छ । उनले यसअघि ‘रानी’ र ‘मेरो मामु’ चलचित्रमा अभिनय गरेको भए पनि दर्शकमाझ चिनिसकेका थिएनन् । अभिनेता सारुक ताम्राकारका लागि चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ चलचित्र करियरकै ’टर्निङ पोइन्ट’ बनेको छ भन्दा फरक नपर्ला । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले स्वदेशमै आशा गरे अनुसारको व्यापार गरिरहेको छ ।
यसैबीच चलचित्र युनिटले विदेशमा प्रदर्शनको थालनी गर्ने तयारीमा लागेको छ । निर्देशक राईले जानकारी दिए अनुसार करिब १० देखि १२ वटा देशमा चलचित्र प्रदर्शन गर्न लागिएको छ । केही देशहरुमा भने चलचित्रको प्रदर्शन मिति पनि तय भइसकेको छ । सुरुवातमा लण्डनबाट विदेश प्रदर्शन गर्ने तयारी भएको थियो तर केहि प्रfविधिक कुरा नमिलेपछि लण्डन प्रदर्शनको मिति केही धकेलिएको छ । लण्डन प्रदर्शन पछि धकेलिएपछि अष्ट्रेलिया प्रदर्शन अघि सारिएको छ ।
अक्टूबर ११, १२ र १३ तारिखमा चलचित्र अष्ट्रेलियामा प्रदर्शन हुने बुझिएको छ । यस्तै, अक्टाेबर २१ मा कोरिया, अक्टाेबर २९, ३० र ३१ मा लण्डन, नोभेम्बर ३ मा पोल्याण्ड, नोभेम्बर ९ मा हङकङ र नोभेम्बर १५ मा डेनमार्कमा चलचित्र प्रदर्शन हुने पक्का भइसकेको निर्देशक राइले बताइन् ।अमेरिका, सिंगापुर, जापानलगायतका अन्य केही देशहरुमासमेत चलचित्र प्रर्शनका निम्ति कुरा भइरहेको निर्देशक राईको भनाइ छ चलचित्र प्रदर्शनअघि निर्देशक राई र नायिका सम्राज्ञीबीच सम्बन्ध चिसिएको खबर बाहिरिएको भए पनि त्यो सत्य नभएको निर्देशक रार्इको भनाइ छ। ‘साम्राज्ञीले अाफूले गर्नुपर्ने कर्तव्य गरेकी छन् । उनको कामबाट म खुशी नै छु’, रार्इले भनिन् । स्कृप्टले माग गरे आफूले निर्माण गर्ने अर्को चलचित्रमा पनि साम्राज्ञी नायिका रहन सक्ने बताइन् ।
September 27, 2018 12:23 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :